×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआइसी एसिया २० औं बसन्तमा प्रवेश, आफ्नो सेवा अझै शसक्त बनाउने प्रतिबद्धता !

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड २० आैं वर्षमा प्रवेश गरेको छ । आफ्नो सेवाको १९ बर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले पत्रकार सम्मेलन गरी बैंकले गरेका विभिन्न काम कारवाही, र २० बर्षे यात्राबारे प्रकाश पारेको थियो । विराटनगर महानगरपालिकामा १९ वर्ष अघि रजिष्टर्ड कार्यालयको स्थापना गरी २०५५ भदौ ५ गतेबाट एक क्षेत्रीय बैंकको रुपमा नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैंक लिमिटेडको नाममा सुरुवात भएको बैंकले आफ्नो सेवा प्रारम्भ गरेकोमा २०६४ असोज २ मा स्थापित तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडलाई २०७० अषाढ १६ मा आफूसँग गाभेर एनआईसी एशिया बैंक लिमिटेडको रुपमा नेपालको बैंकिङ्ग क्षेत्रमा उडाएको थियो ।
बैंकले हालसम्म ११९ वटा शाखा कार्यालयहरु, ४ विस्तारित काउण्टरहरु, ७० एटीएम तथा ४ हजार रेमिट्यान्स काउण्टरहरु लगायतको सञ्जाल मार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने चालु आर्थिक वर्षभित्र बैंकले शाखा संख्या २०० भन्दा बढी, एटीएम संख्या ४०० भन्दा बढी, शाखा रहित बैंकिङ्ग सेवा २०० भन्दा बढी, पीओएस संख्या २ हजारभन्दा बढी तथा रेमिट्यान्स पे-आउट एजेन्ट १० हजार भन्दा बढी कायम गर्ने जनाएको छ ।
बैंकले जारी गरेको प्रेस बिज्ञप्तिमा बैंकले आफ्नो व्यवसाय विविधीकरण गर्ने उद्देश्यले बचत खाता, खुद्राकर्जा तथा साना-मझौला व्यवसायिक कर्जा विस्तारमा विषेश रणनीति लिएको जनाएको छ । साथै विद्युतीय बैंकिङलाई अझै शसक्त तथा प्रभावकारी रुपमा अघि बढाउँदै आफ्ना ग्राहकहरुलाई नविनतम् सुविधाहरु प्रदान गर्न बैंक कटिबद्ध रहेको बैंकले जनाएको छ ।
यसै क्रममा पूर्णतया अनलाइन एसबीए प्रणालीमार्फत शेयर आवेदन, पूर्णतया अनलाइन खाता खोल्न सकिने सुविधा तथा छिटो छरितो कर्जा स्वीकृतीको लागि स्कार कार्ड मोडल लागु गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ।
सेवाको बिसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निक्षेप तथा कर्जा तर्फ विशेष सेवाहरु चाँडै नै ग्राहकवर्ग समक्ष ल्याउने तयारी समेत भैरहेको बैंकले जनाएको छ । संंस्थागत सामाजिक उत्तरदायित्व तर्फ बैंकको लक्षित क्षेत्रहरु वातावरण, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता एवम् वित्तीय समावेशी करण र खेलकुद क्षेत्रमा आफ्नो योगदान अझै शसक्त बनाउन बैंक कटिबद्ध रहेको बैंकको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: