×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टियुको लापरवाहीको पराकाष्टा : परिक्षा एउटा विषयको… प्रश्नपत्र अर्कै विषयको थमाएपछी इलाममा यस्तो ‘बबाल’ !

  • बिनय तिम्सीना / अर्थ सरोकार डटकम 
इलाम – एउटा विषयको परिक्षा दिन गएको, प्रश्नपत्र आयो अर्कै विषयको ! यस्तो बेलामा परीक्षार्थीलाई कस्तो भयो होला ? मंगलबारको परिक्षामा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा परिक्षा दिंदै गरेका विद्यार्थीहरुलाई पनि त्यस्तै भयो । 
उक्त क्याम्पसमा स्नातक तह शिक्षाशास्त्र अन्तर्गतको दोश्रो बर्षको ‘इन्टरनेशनल पोलिटिक्स’ बिषयको परिक्षा दिन गएका विद्यार्थीहरुको हातमा ‘पोलिटिक्स अफ नेपाल’को प्रश्नपत्र परेपछि विद्यार्थीहरु तनावमा परेका थिए । एउटा विषयको परिक्षामा अर्कै विषयको प्रश्नपत्र आएको भन्दै ६८ जना विद्यार्थी परिक्षा हलबाट बाहिरिएपछी परिक्षा स्थगित भएको छ । यस्तो समस्या इलाम बाहेक अन्य जिल्लामा देखिएन । टियुले पनि यस विषयमा आफ्नो आधिकारीक धारणा व्यक्त गरेको छैन । 
क्याम्पस प्रशासन भने त्रिभुवन विश्व बिद्यालयको लापरवाहीका कारण यस्तो हुन गएको तर्क गरेको छ । क्याम्पसका निमित्त प्रमुख धनबहादुर न्यौपाने भन्छन् ‘विश्व विद्यालयले ४ बर्षे शिक्षाशास्त्र स्नातक दोश्रो बर्षको पाठयक्रमको दोश्रो पटकको संसोधन क्याम्पसमा आएकोमा इन्टरनेशनल पोलिटिक्स कोड नं ४२८ भन्ने आएकाले सोही अनुसार अध्यापन गराइएको हो । परिक्षामा पोलिटिक्स अफ नेपालको प्रश्नपत्र आएपछि डिन कार्यालयसँग सम्पर्क गरेर परिक्षा रोक्न लगाइएको छ ।’
यो पनि पढ्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: