×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डलाई मार्न खोज्ने नेता माओवादी बैठकमा पुगेपछि…

माओवादी बैठकमा प्रचण्डलाई मार्न खोज्ने नेता बगेपछी माओवादीभित्र यस विषयले चर्चा कमाएको छ । यो विषय प्रचण्ड आफैंले बैठकका क्रममा खुलासा भएको हो । 
‘प्रचण्डलाई मार्नुपर्छ, सिध्याउनुपर्छ भन्नेहरु पनि यही बैठकमा हुनुहुन्छ । यही रहेका साथीहरुले प्रचण्डले बिगारयो, पार्टी सिध्यायो भन्नुहुन्छ’, प्रचण्डले शनिबारको बैठकमा व्यक्त गर्नु भएको अभिव्यक्ति उद्धृत गर्दै एक वरिष्ठ नेताले अन्नपूर्णसँग भने, ‘यस्ता कुरा मैले बाहिर सुनेको होइन । मेरो भन्नु केही छैन । पार्टी मैले मात्र बिगारेको होइन, हामी सबै मिलेर बिगारेका छौँ,’ प्रचण्डले आफूलाई मार्न चाहने नेताको नाम भने बैठकमा भनेन ।
एक साता लामो बैठक समापनका क्रममा अध्यक्ष प्रचण्डले त्यस्तो अभिव्यक्ति दिँदा नेताहरु हाँसेका थिए । अध्यक्ष प्रचण्डले १४ बुँदे लिखित प्रस्ताव पेश गर्दै बैठक समापन गरेका थिए । ती १४ बुँदे प्रस्तावलाई पनि बैठकले पारित गरेको थियो ।
बैठकमा प्रचण्डले माओवादीका नेता कार्यकर्ता सामाजिक नभएको पनि बताए । ‘चुनावमा भोट माग्दा श्रीमतीलाई पनि नमस्कार गर्नुपर्यो नि १ त्यो कला प्रयोग गर्नुपर्यो। चुनावी रणकौशल प्रयोग गर्नु पर्यो’ प्रचण्डले भने । तर माओवादी नेता कार्यकर्ताले त्यस्तो नगरको उहाँको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: