...नत्र, गाडी किन्न राष्ट्रपतिको १६ करोड माग कहाँ नेर नाजायज छ ?

  • प्रताप शर्मा 
सत्य तितो हुन्छ र पिरो जसलाई चाहेर वा नचाहेर हामीले स्विकार गर्नैपर्छ । गणेशमान सिंहले कुनै बेला नेपाली जनतालाई भेडा भन्नु भएकै हो , म त्यही देशको नागरिक । हो , म त्यही देश नागरिक हो जुन देशले माहाकबी लक्ष्मी प्रशाद देवकोटालाई पागलको पगरी थमाइदियो । यो त्यही देश हो र म यहाँ कै नागरिक मलाई यसमै खुशी छ । यहाँ कसलाई कुन अर्थमा र कसैलाई कुन अर्थमा चिनाइदिन्छ यो नै हाम्रो समाजको बिशेषता हो ।

प्रजातन्त्र प्राप्तिका निम्ति लड्ने महान व्यक्तित्व कृष्ण प्रशाद भट्टराई जसलाई 'दुध मिल्छ भने गाई किन पाल्ने' यो उपमाले नै सबै माझ चिनाइदियो, हो म त्यही देशको नागरिक जहाँ किशुनजीले संघर्श गरेर ल्याइदिएको प्रजातन्त्रमा बसेर आज लेख्दैछु । संसदीय व्यवस्था स्विकार गरिसके पछी १६ करोडको मोटर किन्न्दा यति ठुलो रोइलोको के आवस्यक छ त ? बामपन्थीहरु सम्सदिय ब्यबस्थाको बिरोध हिजो पनि गर्थे र आज पनि गर्छन ,सम्भब त भोली पनि । यो व्यवस्थामानै विश्वाश नहुनेले यो व्यवस्थामा रहीआएका गलत सन्स्कारको बिरोध गर्नु जायज हो तर या नाजायज ? यही ब्यबस्था स्विकारी सके पछी सबै जायज नै हुन्छ ,किनकी भन्ने गरिन्छ बिष र बिषको समयोजन अमृतको निर्माण हो रे । लेनिनलाई सम्झेर सम्सदिय ब्यबस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो भन्ने कम्युनिष्टहरुले यो १६ करोडलाई नाजायज भन्नु पर्ने कही कतै छ र ? जब समस्या नै व्यवस्थामा छ तव व्यवस्था भित्रको सन्स्कारलाई प्रश्न उठाउनुको औचित्य हुन्छ कि हुँदैन ? 

आज यो कलमले यही संसदीय व्यवस्था अन्तर्गत राष्ट्रपतिले १६ करोडको मोटर किन्नु त्यति आपति मानेन किनकी सत्ता र शक्तिको चरम उपयोग त्यहा पुग्ने जो कोहीले गर्छन । किनकी म त्यो देशको नागरिक जुन देशमा सभासद र मन्त्रीले 'म जोगी हुन राजनीति गरेको हुँ भन्छन' यिनै नेतालाई महान देख्दै बारम्बार भोट हालेर जिताइदिने हामी नागरिकले त्यो १६ करोडलाई स्विकार्दा पनि केही फरक पर्ला र हजुर ?

हिजो जनबादी शिक्षाभन्दापनि साथ दिने म जस्ता जनता र उनैलाई शिक्षा मन्त्री बनाएर निजी बिद्यालय र कलेजमा उनले 'यही हो जनबादी शिक्षा' भन्दा पनि ताली बजाउने म जस्ता जनताले , १६ करोड दिनु लाई नाजायज सोच्लान त ? राज्यले कर असुलेर जनतालाई सेवा नदिने यो सरकार अनी यो राज्यको लुट आँखा अगाडि नै छ त्यै पनि हामी चुईक्क बोल्दाइनौ अनी हामीलाई त्यो १६ करोडको किन वास्ता ? होइन त , एक चोटि आँफैलाई प्रश्न गरौ न ?

कहिले जातको नाममा , कहिले क्षेत्रियताको नाउमा र लिङको नाममा राजनीति गर्नेहरुलाई के १६ करोडको मोटर खरिद्ले केही फरक पार्ला त ? उनिहरुलाई यो राजनैतीक खुराक त बन्यो तर उनीहरु बेखुस भने छैनन किनकी उनिहरु संस्थागत भ्रस्टचार मै छन । तपाईं हामी यही देशको जनता जहाँ एउटा क्रमचारीले ४ अर्बको भ्रस्टचार गर्छ , अब आँफै भन्नुस् नदेखिएका पानाहरु खोल्दै जाने कि १६ करोड मै भुल्ने ? १६ करोडको संस्थागत भ्रस्टचार यहाँ दिनहु हुन्छ । हुँदा हुँदा छोरोलाई ३५ रुपैयाँ दिएर दुध किन्न पठायो भने , ३२ रुपैयाँमा दुध किनेर ३ रुपैयाँ कमिशन खाने त्यो सन्स्कार आज धेरै परिवारमा देखिन्छ । त्यो नै संस्थागत भ्रस्टचारको स्कूलिङ हो । राज्यले नै संस्थागत भ्रस्टचार स्कुलिङ गरिरहेको छ । 

स्वर्गिय गिरिजा प्रशाद कोइरालाले सर्बोच्च अदालत सिंहदरबारमा सार भनेर मिडिया बाट नै भन्नु भाको थियो , आज आएको शन्ती र संबिधानमा त्यसैको वाक स्वोतन्त्रतालाई प्रयोग गर्दै यो लेख लेख्दै छु । आलोचकलाई यहाँनेर नै लाउडा काण्डको याद आउन सक्छ । आर्को राजनैतीकधार बोक्नेलाई महाकाली सन्धीको याद आउन सक्छ । पायल चप्पल लगाएर आदर्शका गफ चुट्दै हिंड्ने बेकामीहरु राजनीति गरेकै भरमा करोडौको बङ्ग्ला र पजेरो गाडीमा कसरी पुगे त , के त्यहा छैन भ्रस्टचार ? अनी यिनै भ्रस्टले राज्यको ढुकुटी माथि राजाइ गर्दा यो रोइलो किन ? सम्सदिय ब्यब्स्थामा यिनै राजनैतीक दलालहरुको बोलबला हुन्छ । कारबाही प्रकृयामा बोलौ त , को को यहाँ मुछिन्छन ? हामी ललिपपको गुलियोलाई नै प्रमुख समस्या मान्छौ , समस्या त्यो भकारीको खुदोमा नै छ ।

शाहीद हुने पनि गरीब जनता कै छोरा छोरी हो , कुन बरिस्ठ नेताका छोरा छोरीले बलिदान गरेका छन त ? सोझा साझा नेपाली जनतालाई मानब ढाल बनाएर प्रयोग गर्दै आफ्नो अभिस्ट पुर गर्ने यिनै राजनैतीक पटके , बम बहादुर , सकेटे , फुलमाया र बमकुमारी हुन कि होइनन ? यिनीहरु बाट यो ब्यबस्थाको चरम दुरुपायोग हुनुलाई म अनौठो र असान्दर्भिक मान्दिन किनकी हामीले नै लुट ,ठग , चोर भनेर बारम्बार यो पद्दत्तीमा उनलाई जिताइदियौ । 

यहाँ १६ करोड मात्र होइन दिनहु १६ करोड भ्रस्टचार हुन्छ त्यस्को आवाज उठाउने कसले , पार्टीको २ पिलेट मासु र चिउरामा भजन गाउँने हनुमान बाट खबर्दारी हुन्छ भन्ने मलाई लाग्दैन र लागेको पनि छैन । ति जातिबादबाट हुर्केका जातिबदी राजनीति गर्दै हुर्केकाहरु जसले यो देशलाई सोमलिय , हैटी र कोङगो बनाउन चाहन्छन उनको हिजो पनि गर्थे र आज पनि गर्छु किनकी त्यो जातीबाद , क्षत्रियताबाद भन्दा माथि राष्ट्रबाद छ । 

कलमका तरबारले दुनियाँमा धेरै दरबार ढलेका छन , शायद यो नै कलमको चमत्कार हो । म कलमको रुप रङ भन्दा पनि त्यो कलमबाट रचित त्यो रचनाको सम्मान गर्दछु किनकी त्यो रचना नै परिवर्तनको बाटो हो । सकरात्मक र नकरात्मक सोच्ने र अभिब्यक्त गर्ने त्यो ब्यक्तीको चेतनास्तरको परीणाम हो । यो कलम आलोचना कै बिचमा चल्दछ र आलोचनाले नै बस्तु भित्रको चेतनाको निर्माण गर्दछ । यदी म्यक्स वेबेरकै सिद्दान्त र हेगेल कै सिद्दान्त स्विकार भएको भए कार्ल मार्क्सको उदय हुने थिएन ,कार्ल मार्क्सलाई नै सबैले स्विकार गरेको भए नबमार्क्सबादी चिन्तनको बिकास हुने थिएन । 

हिजो देङ सियाओ पिङलाई बामपन्थी नै नसोच्नेहरु पनि आज आधुनिक चिन निर्माणको परम पिता स्विकार्दै उनकै अनुयायी बन्नुमा केही रहस्य त होला नि ? रोजा लक्जेमबर्गलाई जिबनभर सम्सोधनबादी देखे पनि अन्त्यमा उनीलाई चिल देख्नु भएको थियो भलाद्मिर लेनिनले । 

भलाद्मिर लेनिनले रोजा लक्जेम्बर्गलाई सम्झिदै यस्तो भन्नु भएको छ : " चिल कहिले काही कुखुराहरु भन्दा पनि तलबाट उडेको देखिन्छ तर कुखुराहरु कहिल्यै पनि चिलहरु उडेको जती माथि उड्न सक्दैनन , उहा आफ्ना गल्तीहरुको बाब्जुद पनि हाम्रो लागि चिल हुनुहुन्थ्यो'

एउटा कक्षा कोठामा कांग्रेस समर्थित शिक्षकले पढाउदै हुनुहुन्छ र कम्युनिष्ट विद्यार्थी छ भने उसले गुरुको अध्यापनमा भन्दा उहामा समस्या देख्दछ , किनकी बिरोधको हाम्रो चेतना त्यसरी बिकास भो । आफ्नो कट्टु खस्यो भनेर आफुलाई लाज हुनुको सट्टो अरुलाई पर्ने लाजको अनुभुत गर्ने हाम्रो चेतनास्तरलाई सलाम गर्न पर्ने होला , हैन त ?

मैले उठाउन खोजेको बिषय बस्तु ब्याङ्यात्मक शैली मै हो । कृया र प्रतिकृया नै बिचारको मन्थन हो । जसले जसरी बुझ्नु भो सबैलाई धन्यवाद दिन चाहन्छु ।
प्रकाशित : Tuesday, July 11, 2017

recent

Popular Posts