×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खोटोबाट ८० लाख भन्दा बढि आम्दानी

  • अर्थ सरोकार सम्बाददाता

प्यूठान –  जिल्लामा अधिकांश खोटो बिक्रीबाट आएको रकम विद्यालय सञ्चालनमा प्रयोग हुने गरेको छ ।  जिल्ला वन अधिकृत प्रविण बिडारीले  बताए पछिल्लो एक वर्षको अवधिमा जिल्लामा आठ लाख ९२ हजार ५३१ किलो खोटो बिक्रीबाट ८० लाख ४० हजार रुपपैयाँको आम्दानी भएको छ । जिल्लाका विभिन्न १ सय वटा वन समूहले आफ्नो वनबाट सो परिमाणको खोटो संकलन गरी बिक्री गरेका हुन् । प्रतिकिलो खोटो ९ रुपैयाँ देखि १० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । 
बिडारीले भने वन समूहले खोटो बिक्रीबाट मनग्य आम्दानी गरेपनि उक्त रकम वन क्षेत्रको संरक्षणमा प्रयोग न्यून रुपमा गरेको पाइएको छ । यहाँ संकलन गरीएको खोटो भारत निकासी हुन्छ । जिल्लामा हाल गणपति रोजिन, खनाल रोजिन, दीपमाला रोजिन, बुढाथोकी रोजिन र माउन्ट रोजिनले खोटो संकलन गर्दैआएका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: