×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर लघुकथा : ‘मिस्री र फिट्किरी’

  • रामु खनाल 
पैसा कमाउने रहर सबैलाई हुन्छ । काठमाडौ शहरमा त अहिले पैसा बिना पिसाब फेर्न पनि मुश्किल छ । निकै आरोह अबरोह खेपेको रबिलाई पनि छिमेकीकोले पैसा कमाएको देखेर निकै डाहा जलन अनि ईर्ष्या भयो । हामी यति नजिकै बस्छौं र पनि उ त्यति सम्पन्न अनि म यति बिपन्न । छिमेकीले कसरी पैसा कमाउदो रहेछ त म पनि त्यसरी नै पैसा कमाउछु भनी सोध्न सल्लाह गर्न छिमेकीकोमा गयो । उसको छिमेकीले उसलाई शेयर बजारमा लगानी गर्न सल्लाह दियो । छिमेकीको सल्लाह सुझाव अनुसार विभिन्न ठाउँहरु बाट ऋण खोजेर भए पनि शेयर बजारमा लगानी गर्ने बिचार गर्‍यो । 
उसको ध्यान बजार विश्लेषण , कम्पनी विश्लेषण , नीतिगत विश्लेषण भन्दा पनि छिट्टै कमाउने र चाडैं धनी हुने छिमेकीको डाहा , ईर्ष्यामा केन्द्रित थियोे । तर बिडम्बना उसले लगानी गरेका सम्पुर्ण कम्पनीहरुको शेयरमुल्य बढला भन्दा झन घट्न थाले । उ निराश हुदै छिमेकीकोमा गयो र आफुले किनेको शेयर घटेको बेलिबिस्तार लगायो । छिमेकीले उसलाई सम्झाउदै भन्न थाल्यो , शेयर बजार भनेको छिट्टै कमाउछु र चाडै धनी हुन्छु भन्ने सपना देख्ने ठाउँ होईन यसमा कमाउन धैर्यता चाहिन्छ । 
अरुको डाहा र ईर्ष्यामा लगानी गर्ने ठाउँ पनि होइन यहाँ कमाउन लागी विभिन्न कुराहरुको अध्ययन र विश्लेषण गर्न जरुरी हुन्छ । बजारमा विभिन्न किसिमका शेयरहरु हुन्छन् कुन असल हो कुन खराब हो आफुले छुट्टाउन सक्नु पर्छ । सबै पहिलो धातु सुन हुदैनन् कुन सुन हो कुन अन्य धातु आफुले छुट्टाउन सक्नु पर्छ । बजार सधै बढदैन र सधै घट्दैन पनि कुन अबस्थामा किन्ने र कुन अबस्थामा बेच्ने आफुले तत्काल निर्णय गर्न सक्नुपर्छ । हल्लाको पछि लागेर कदापि लगानी गर्नु् हुदैन । 
बजारमा विभिन्न किसिमका ब्याक्तीहरुको बिचार र शेयरका कुराकानी हुने गर्छन् कुन आफुलाई उपयुक्त लाग्छ उक्त कुरा मात्र आफुले लिनु पर्छ ।दारी काटी सके पछि सेतो डल्लो देख्ने बित्तिकै गालामा दल्नु हुदैन , त्यो फिट्किरी नभएर मिस्री पनि हुन सक्छ । कुन मिस्री हो कुन फिट्किरी हो छुट्टाउन सक्नु पर्छ । कुन गालामा दल्ने चिज हो कुन खाने चिज हो चिन्नु पर्छ । 
फलानोले कमायो मैले पनि कमाउछु भन्दै अध्ययन , विश्लेषण बिना कदापि लगानी गर्नु हुदैन । छिमेकीको यस्तो कुरा सुनी सके पछि अरुले कमाएको डाहा, ईर्ष्या र लोभमा परि आफुले बजार विश्लेषण ,कम्पनी विश्लेषण र अन्यकुराहरुको जानकारी बिना नै हचुवाको भरमा लगानी गर्दा आफ्नो यो हालत भएको गल्तीको पस्चाताप गर्दै आँखा भरि टिलपिल टिलपिल आँसु पार्दै घर फर्कियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: