×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१६ करोडको गाडी चढ्ने रहर गर्ने राष्ट्रपतिज्यू, ‘मदन भण्डारीले साइकल चढेको विर्सनुभो ?’

  • डीआर नेपाल 
एकाविहानै अखबारमा पढ्न पाएँ, राष्ट्रपतिले १६ करोडको गाडी चढ्ने रहर गर्नुभयो भनेर ! अचम्म लाग्यो नेपालकी राष्ट्रपतिले पनि १६ करोडको गाडी चढ्ने हैसियतमा पुग्नुभएछ, देश विकसित भएछ सायद ! रिस पनि उठ्यो, जुन देशका जनता केहि बर्षअघि गएको भूकम्पका कारण अझै समस्यामा छन्, त्यहि देशको राष्ट्रपतिले १६ करोडको गाडी किन्ने रे !
दुइ वर्षअघि नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुँदा जनताको छुट्टै अपेक्षा थियो होला । पहिलो महिला राष्ट्रपति भएकालेपनि अलि बढी नै अपेक्षा थियो होला । तर राष्ट्रपति भण्डारीको लागी भन्दै राष्ट्रपति कार्यालयले गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको सुन्दा ममात्र होइन धेरैलाई ननिको लागेको हुनुपर्छ । 
सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराउने भनेकै थियो । तर राष्ट्रपतिलाई त्यो गाडीले चित्त बुझेन । त्यसपछि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँ माग गरेको समाचार पढ्दा मन अमिलो भयो ।
सबैले बुझेका छन् प्रस्तावित कार खरिद गरिए त्यो राष्ट्रपतिले चढ्ने कार चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र इसाई धर्मगुरु पोप फ्रान्सिसले चढ्ने कारभन्दा महंगो हुनेछ । अहो ! नेपालको आर्थिक स्थिति यति मजबुत भैसकेको हो ? चिनियाँ राष्ट्रपति सी आफ्नै देशमा बनेको ‘होङ्गी रेड फ्लाग’ कार चढ्छन् । जसको मूल्य ८ करोड २५ लाख रुपैयाँ पर्छ । रुसी राष्ट्रपति पुटिन चढ्ने मर्सिडिज एस सी लिमोसिन कारको मूल्य २ करोड ५९ लाख रुपैयाँ पर्छ । पोप फ्रान्सिसले चढ्ने मार्सिडिज बेन्ज एम क्लास कारको मूल्य ५ करोड ४० लाख ७३ हजार रुपैयाँ पर्छ । हाम्रो नेपाल यी राष्ट्रभन्दा धनी हो ?
जनताले कहाँ बिर्सेका छन् र जननेता मदन भण्डारीकी धर्मपत्नी पनि हुन् विद्यादेवी भण्डारी भनेर । सबैलाई थाहा छ मदन भण्डारी सबैका प्रिय थिए । उनी त्यतिबेला मोटरसाइकलको चलन आउँदापनि साइकलमा चढ्थे । अव मेरो एउटा मात्र प्रश्न ‘१६ करोडको गाडी चढ्ने रहर गर्ने राष्ट्रपतिज्यू, मदन भण्डारीले साइकल चढेको विर्सनुभो?’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: