×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिंहदरवार पुगेका लगानीकर्तालाई सम्बोधन गर्दै विकास समितिका सभापति भन्छन्, ‘सेयर कारोबारमा भ्याट लगाउनु हुन्न’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेयर कारोबारमा भ्याट लगाउनु नहुने भन्दै सिंहदरवार पुगेका लगानीकर्ता संघका पधाधिकारी र संघ बाहिरका केहि लगानीकर्ताहरुलाई सम्बोधन गर्दै बिकास समितिका सभापति रविन्द्र अधिकारीले सेयर कारोबारमा भ्याट नलाग्ने र यसबारेमा आफुले लविङ गर्ने बताएका छन् । आफुलाई भेट्न आएका संघका पधाधिकारी र संघबाहिरका सहभागी सहितको टोलीलाई भेट्दै उनले सेयर कारोबारमा भ्याट नलाग्ने स्पष्ट पारे ।
उक्त भेटमा लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, लगानीकर्ता संघका सल्लाहकार छोटेलाल रौनियार, लगानीकर्ता संघका अन्य पधाधिकारी, केहि मिडियाकर्मी र लगानीकर्ता संघ बाहिरका सहभागी समेत थिए । उपस्थित सबैलाई सम्बोधन गर्दै अधिकारीले आफुले आवश्यक परेको खण्डमा यसबारे सबैतिर लविङ गर्ने बताए। रविन्द्र अधिकारी नेकपा एमालेका सांसद समेत हुन् । ब्रोकरहरुले सीधै अर्थमन्त्रीसँग लविङ गर्दा लगानीकर्ता संघ प्रतिपक्षीसँग अल्झिनुले खास तुक नराख्नेसमेत विश्लेषण गरिएको छ । यद्यपी संघ कुनैपनि हालतमा सेयर कारोबारमा भ्याट लगाउन नहुने कुरामा अहोरात्र लविङ गरिरहेको छ ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: