×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बम फ्याँक्ने बहादुर हवल्दारलाई १५०० इनाम ! सम्मान भयो कि अपमान ?

काठमाडौँ – स्थानीय निर्वाचनका समयमा अज्ञात समुहले फालेको बम हातैले समातेर फाली साहसिक काम गरेका प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ । प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आलेलाई पुरस्कृत गरिएको हो  । हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए भने  कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोकेका थिए ।
तर अचम्मलाग्दो कुराचाहिं के छ भने यस्तो साहसिक काम गर्नेलाई जनही १५०० रुपैयाँ बाट मात्र सम्मान गरिएको छ । यसरी यत्रो साहसिक काम गर्नेलाई १५०० रुपैयाँ इनाम दिएर उल्टै साहसको अपमान गरिएको भन्दै सामाजिक संजालमा चर्चा हुन थालेको छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: