×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एआइजीपीमा ११ जनाको नाम सिफारिस, सर्वेन्द्र आइजीपीका लागि योग्य !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना डिआइजी (प्रहरी नायव महानिरीक्षक ) हरु लाई एआइजी (प्रहरी अतिरिक्त महानिरीक्षक) मा बढुवाका लागि सिफारिस गरेको छ । त्यस्तैं, १५ जना एसएस्पी (प्रहरी बरिष्ठ उपरीक्षक )हरुलाई डिआइजी ( प्रहरी नायव महानिरीक्षक ) मा बढुवाका लागि सिपलारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिस समितिका अनुसार, बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङ्मार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई बढुवाका लागि सिफारिस गरिएको छ ।
डिआइजी बढुवाको एक नम्वरमा रहेका नवराज सिलवाललाई बढुवा गरिएको छैन । जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेपछि स्थगन गर्न माग गर्दै सर्वोच्च अदालत गएका सिलवालको मुद्धा विचारधिन अवस्थामा रहेकाले सिलवाल बढुवा हुनबाट बञ्चित भएका हुन ।
त्यस्तैं, चन्द विरुद्ध मुद्धा परेपछि सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । अर्याल महानिरीक्षक बनेपछि पनि असनतुष्टि जनाउदै अदालत पुगेका सिलवालमाथि कार्य सम्पादन मूल्याङकन (कासमु) किर्ते गरेको अभियोगमा मन्त्रालयले छानविन गरिरहेको छ । सिलवालमाथिको छानविन पछि डिआइजीमा एक नम्वरमा रहेका चन्दलाई दुई नम्वरमा र भण्डारीलाई एक नम्वरमा बढुवाका लागि सिफारिस गरिएको छ । त्यस्तैं, हेमन्त पाल, माधवप्रसाद नेपाल, पंकज श्रेष्ठ भने छुटेका छन् । यसअघि एआइजीको संख्या सात थियो ।

यसैबीच, डिआइजीमा बढुवाका लागि सिफारिस गरिएकाहरुमा सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की, उत्तमबहादुर कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई र शरद चन्द रहेका छन् । डिआइजी बढुवामा एक नम्वरमा परेका खनाललाई भावी संगठन प्रमुखको रुपमा हेरिएको छ । उहाँ खरेललाई पछि पार्दै एक नम्वरमा बढुवा हुनु भएको हो । बढुवा सिफारिसमा परेका ११ जना डिआइजी र १५ जना एसएस्पीहरुमा छजना सुदूरपश्चिमका छन् । ती मध्ये जयबहादुर, रणबहादुर, माधवप्रसाद जोशी, विजय भट्ट र शरद चन्द बैतडीका हुन ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको कार्यकालमा भने राजनीतिक विवादका कारण सात जना दरवन्दी र चार विशेष गरी ११ जना एआइजीपी बनाइएको थियो । गत फागुन महिनादेखि एआइजीपीहरुको दरवन्दी रिक्त रहेको थियो । बढुवाका लागि सिफारिसमा परेका ११ जना विरुद्ध उजुरी तथा मुद्धा नपरेको खण्डमा सात दिन तथा एकहप्ताभित्रमा स्वीकृत हुने छ भने मुद्धा परेमा १५ दिन कुर्नु पर्ने हुन्छ ।
एआइजीपी र डिआइजीमा बढुवासंगै एसएस्पी, एस्पी, डिएस्पी, इन्पेक्टर (प्रहरी निरीक्षक ) र सई (प्रहरी नायव निरीक्षक ) को बढुवाको वाटो खुल्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: