×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले सासूले हराइन् माओवादी बुहारी हराएपछि सासु-बुहारीको बोलचाल नै बन्द !

इलाम – साविक माईपोखरी गाविस र हाल सन्दकपुर १ मा रोचक प्रतिष्पर्धा देखिएको छ । हालको सन्दकपुर गाउँपालिका वडा नं. १ मा उही घरका सू-बुहारी चुनावी प्रतिस्पर्धामा उत्रँदा एमालेका तर्फबाट उठेकी सासूले माओवादीबाट उठेकी बुहारीलाई जितेकी छिन् ।
६२ वर्षीया दिलमाया कमिनी नेकपा एमालेबाट र उनकी बुहारी २८ वर्षीया सीतादेवी विश्वकर्मा माओवादी केन्द्रबाट दलित महिला उम्मेद्वार बनेका थिए । जसमध्ये सासू दिलमायाले ३६१ मत ल्याएर बुहारीलाई पछि पारेकी हुन् भने बुहारी सीतादेवीले भने सासूभन्दा ३७ मत कम ल्याएकी थिइन् ।
यता सासु बुहारीबीच प्रतिष्पर्धा हुँदा सासुले जितेपछि केहि समयका लागि सासु बुहारी बीच बोलचाल नै बन्द भएको स्थानीयहरुले बताएका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: