×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

साउने शपिङ : काठमाडौँभन्दा बनेपामा सस्तो पाइन्छ साडी, कुर्ता र कस्मेटिकका सामान, यस्तो छ कारण !

  • रेखा ग्वायमरु / अर्थ सरोकार डटकम
काठमाडौँ -साउनको समयमा हरिया साडी, कुर्ता, कस्मेटिकका सामान, मेहेन्दी, चुरा, लेडिज चप्पल लगायतका सामानहरु बढी बिक्ने गरेका छन् । यसो त साउन महिनामा महिलाहरुको पहिरन यिनै वरीपरि घुम्ने गरेको छ । र धेरैलाई लाग्छ काठमाडौँको न्यूरोड, महाबौध लगायतका ठाउँहरुमा यस्ता सामान सस्तो पाइन्छ । तर काठमाडौँका होलसेल पसलहरुलाई छोड्ने हो भने एक दुइ पिस वा सानो परिमाणमा यस्ता समान किन्दा भने काठमाडौँभन्दा बनेपा सस्तो हुने गरेको छ । 
अर्थ सरोकार डटकमले स्थलगत रिपोर्ट तयार पारिरहंदा बनेपा बजारमा काठमाडौँमा भन्दा सस्तो कपडा र जुत्ता पाइने गरेको तथ्य फेला पारेको छ । यो सँगसँगै साउनमा बढी बिक्ने समानहरुपनि काठमाडौँ भन्दा बनेपामा सस्तो पाइने गरेको पाइएको छ । बनेपा बसपार्क परिसरमा रहेका विभिन्न कपडा पसल, कस्मेटिक पसल, र साडी पसलमा मोल सोधी बार्गेनिङ गर्दा काठमाडौँको तुलनामा सस्तो समान पाइने गरेको तथ्य फेला परेको हो ।

भन्ने मोल उस्तै, दिने मोल काठमाडौँकोभन्दा सस्तो 
यद्यपी बनेपा बजारमा किनमेल गर्दा बार्गेनिङ भन्ने गर्न जान्नुपर्छ । त्यहाँका कतिपय व्यापारीहरुले पहिला चर्को मूल्य भन्ने गरेका छन् । तर बार्गेनिङ गर्न जान्नेले बनेपामा कपडा र जुत्ता भने निकै सस्तोमा पाउने गरेका छन् । ‘यहाँ काठमाडौँको भन्दा सस्तो सामान पाइन्छ । जुत्ता, कपडा कस्मेटिकका समान त निकै नै सस्तो पाइन्छ । सामान्यदेखि ब्रान्डेड कपडा र जुत्तासमेत काठमाडौँको तुलनामा सस्तो छ। ‘ एक ग्राहकले अर्थ सरोकार डटकमलाइ बताए । उनका अनुसार काठमाडौँमा भन्दा साडी र कुर्तासमेत बनेपामा सस्तो पाइन्छ । ‘होलसेलमा पर्ने दाम एउटै हो । तर बनेपामा सबै थरीका मान्छे आउँछन् । निम्न शुल्कमा यस्ता समान किन्न विभिन्न गाउँहरुबाट पनि बनेपा आउँछन् । खासाबाट आउने समान सस्तो हुने भइनै हाल्यो । भारतबाट आउने समानपनि मार्जिन कम भएकाले बनेपामा सस्तो पाइन्छ । बनेपामा सटर भाडापनि सस्तो भएकाले सामानको मार्जिन कम हुन्छ ।’ उनले भने । 
यसकारण हुन्छ सस्तो, काठमाडौँदेखि समेत जान्छन् ग्राहक 
चाइनाबाट र त्यसमा पनि खासाबाट अत्याधिक सामान आयात हुने हुनाले र काठमाडौँमा त्यहि सामान बेच्ने सटरको भाडा बनेपाको तुलनामा महँगो हुने हुनाले बनेपामा सामान सस्तो पाइने गरेको व्यापारीहरु बताउँछन् । ‘ किनेर ल्याउने मूल्य एउटै हो । उता सटरको भाडा महँगो पर्छ । यता काठमाडौँको तुलनामा सस्तो छ । त्यसैले केहि भएपनि बनेपामा सामान सस्तो पाउनु स्वाभाविक हो । त्यसमाथि काठमाडौँको तुलनामा बनेपामा किनमेल गर्ने ग्राहकहरुको जीवनस्तर धेरै कुरामा कमजोर भएकाले बनेपामा सामान सस्तो पाइने गरेको हो।’ एक व्यापारीले अर्थ सरोकार डटकमसँग भने । 
बनेपामा किनमेल गर्न जाने कतिपय ग्राहकहरु काठमाडौँदेखि जाने गरेको पाइएको छ । काठमाडौँ कोटेश्वर बस्ने रिता कार्की बनेपामा सामान काठमाडौँको तुलनामा सस्तो हुने गरेकाले बनेपामै सामान किन्न आउने गरेको बताउँछिन । ‘पहिला घर काभ्रे नै भएकाले यहाँको बजार भाउ थाहा छ । काठमाडौँको तुलनामा यहाँ सस्तो पाइने गरेको थाहा भएपछी म त यहाँ नै आउने गरेको छु ।’ उनले अर्थ सरोकार डटकमसँग भनिन् ।

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: