×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रोप्न जाने पैसाले यसरी फलाउँछ पैसा, ५ बर्षमै ४ गुणा नाफा !

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौं – महिना वा वर्ष दिनमै लगानीको दोब्बर/तेब्बर प्रतिफल प्राप्त हुने क्षेत्रका रुपमा सेयर बजारलाई लिन थालिएको छ । कतिपय व्यक्तिहरु भने आवश्यक ज्ञानको अभावमा चाहेर पनि सेयरमा लगानी गर्न आँट गर्दैनन् । आजभोली सेयर बजारमा लगानी गर्नेहरुको संख्या बढेसँगै सहर-बजारका चोक चोकमा सेयरका गफहरु हुन थालेका छन् ।

महिना वा वर्ष दिनमै लगानीको दोब्बर/तेब्बर प्रतिफल प्राप्त हुने क्षेत्रका रुपमा सेयर बजारलाई लिन थालिएको छ । सेयरबाट पैसा कमाउन चाहने तर बजारमा प्रत्यक्ष होमिने आँट नभएका लगानीकर्ताहरुका लागि उपयुक्त विकल्प हो, सामुहिक लगानी कोष । यस्ता कोषमा लगानी गर्दा पनि ५ वर्षमा प्रतिफल लगभग चौबर भएको उदहरण देखिएको छ ।
आगामी पुस ९ गते यो परिपक्व हुदैछ अर्थात् योजना समाप्त हुँदैछ । नेपालमा सबैभन्दा पहिलो व्यवसायिक सामूहिक लगानी कोष हो, सिद्धार्थ क्यापिटलले ल्याएको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम’।  त्यतिबेलासम्म यो योजनामा सुरुमा १० हजार रुपैयाँ हालेको लगानीकर्ताले करिब ३६ हजार कमाइ गर्ने देखिएको छ ।५ वर्ष परिपक्व अवधि रहेको यो योजनाले पहिलो आर्थिक वर्ष (योजना सञ्चालनमा आएको ६ महिना) मा ४.५ प्रतिशतका दरले, दोस्रो र तेस्रो दुवै वर्ष १५ प्रतिशतका दरले र चौथो वर्ष ३० प्रतिशतका दरले नगद लाभांश दिएको छ ।
१० हजार हाल्नेले यो अवधिसम्म ६ हजार ४ सय ५० रुपैयाँ कमाइसकेका छन् । गत आवको नाफापछि यो योजनाले यस वर्ष लगभग ३० प्रतिशत लाभांश दिन सक्ने अवस्थामा रहेको बुझिएको छ । यसो भएमा लगानीकर्ताले कुल ९ हजार ४ सय ५० रुपैयाँ प्रतिफल प्राप्त गर्नेछन् ।हाल बजारमा यसको प्रतिइकाई २४ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: