×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ब्रोकर-सरकारबीच सहमति ! लगानीकर्तामा थपिने भो भ्याटको भार, आइतबारदेखि खुल्ने भो सेयर कारोबार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आन्तरिक राजश्व विभागले सेयर ब्रोकरहरुलाई पत्र काटेपछी उठेको भ्याट प्रकरण अन्तत: लगानीकर्ताको टाउकोमा भ्याटको भार थपिने गरी अगाडी बढ्ने भएको छ । शुक्रबार ब्रोकर र सरकारबीच पूरानो कारोबारमा भ्याटको विषयलाई केहि समय थाँती राख्ने, नयाँ मोडालिटी बनाएर अगाडी बढ्ने र नयाँ कारोबारमा कमिसनमा भ्याट लगाउने र उक्त कमिसनमा लाग्ने भयाटपनि कष्टमरबाटै उठाउने सहमति भएको छ । यसले लगानीकर्ताहरुलाई भ्याटको थप भार पर्ने भएको छ ।
यसैबीच आइतबारबाट सेयर कारोबार खुल्ने भएको छ । औपचारिक सहमति नभएको भएपनि आइतबारबाट सेयर कारोबार खुल्ने ब्रोकरहरु बीच आन्तरिक सहमति भएको बुझिएको छ । ब्रोकरहरुले सेयर कारोबार नै बन्द गरेर आन्दोलनमा उत्रिएपछि सरकार र ब्रोकरबीच छलफल भएको थियो ।
सेयर कारोबारमा भ्याट लाग्ने भएपछि यसले बजारलाई प्रभावित पार्ने अनुमान गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: