×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिवम् सिमेन्टको कर्तुत: ‘५० किलोको बोरामा ४२ किलो सिमेन्ट बेच्ने, अनि २० बोरामा १ बोरा सित्तैमा भन्दै हौवा पिट्ने’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ‘शिवम् सिमेन्टका ग्राहकहरुलाई २० बोरा सिमेन्ट किन्दा एक बोरा हाम्रो तर्फबाट’ भन्दै शिवम् सिमेन्टले केहि समय अगाडी देखि अफर ल्याएको थियो । तर यो अफरको सक्कली अनुहार अर्है रहेछ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको संयुक्त बजार अनुगमन टोलीले सिमेन्ट दिलार्हरुमा अनुगमन गर्दा शिवम् सिमेन्टमा प्रतिबोरा ८ किलो कम सिमेन्ट पाएको छ। 
अनुगमन टोलीले शुभश्री खादादेवी सप्लायार्स्मा उदयपुर सिमेन्ट र हेतौन्दा सिमेन्ट (शक्ति) सिमेन्ट, अरनिको हार्डवेर ट्रेडर्स, बनस्थलीमा रहेको संस्थाकर तट्रेडीङ लगायतमा छापा हानेको थियो । अनुगमनका क्रममा अम्बुजा सिमेन्टमा ८ किलो कम, हेटौंडा सिमेन्टमा ६ किलो कम, उदयपुर सिमेन्टमा ६ किलो कम र शिवम् सिमेन्टमा ८ किलो भन्दा बढी सिमेन्ट कम भएको फेला पारेको हो ।
के भन्छन् आपूर्ति विभागका महानिर्देशक ?
यता आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले उपभोक्तालाइ ठगी गर्ने गैंडा सिमेन्ट र शक्ति सिमेन्ट सरकारी सिमेन्ट उद्योगका उद्पादन भएकाले थप कारवाहीका लागि उद्योग मन्त्रालयमा पत्राचार गरिएको र नीजी सिमेन्टहरुलाई अनुसन्धान गरी कारवाही गर्ने प्रक्रिया सुरु गरिएको बताएका छन् । ‘एक बोरामा ८-८ किलो कम हुनु भनेको व्यापक ठगी हो । महानिर्देशक दाहालले भने, ‘यी सिमेन्टहरुलाई कालोबजारी ऐन अनुसार कारवाही हुन्छ । ‘आधा किलोसम्म घटबढ हुनु सामान्य हो । लोड- अनलोड हुँदा यस्तो हुन्छ । तर ८ किलो नै भिन्नता हुनु भनेको सिधै ठगी हो ।’ उनले भने । यता गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले यस्तो ठगी गर्ने सिमेन्ट उद्योगलाइ कुनैपनि हालतमा कारवाही हुने बताएका छन् । ‘दोष कसको हो भन्ने कुरा अनुसन्धान गरी दोषी उपर कारवाही हुन्छ । जनतालाई ठग्नेमाथि कुनै छुट हुँदैन ।’ उनले भने ।    

यस्तो रहेछ शिवम् को नयाँ अफर पछाडीको रहस्य 
अनुगमनका क्रममा शिवम् सिमेन्टमा एक बोरामा ८ किलोसम्म कम सिमेन्ट भेटिएको छ । यसको अर्थ २० बोरामा १६० किलोसम्म सिमेन्ट ठगी हुँदो रहेछ । १६० किलो सिमेन्ट ठगी हुड्ना अर्को ४२ किलो सिमेन्ट भएको बोरा (५० किलो- ८ किलोको बोरा) दिंदा उसलाई केहि घाटा हुँदैन । यसरी खुलेआम ठगी गर्ने शिवम् सिमेन्टको काइदाबाट उसले जनता झुक्याएर कस्तो फोहोरी खेल खेलीरहेको छ भन्ने कुरा स्पष्ट भएको छ । यसरी सित्तैमा एक बोरा सिमेन्ट बेच्दा करका हिसावले पनि शिवम् सिमेन्टलाई फाइदा हुन्छ । हामीले यसमा शिवम् सिमेन्टको गलत नियतका बारेमा यसअघिनै सामाग्री प्रकाशित गरिसकेका छौं । देशको सबैभन्दा बढी जनता ठग्ने सिमेन्टको रुपमा कुख्यात भएको कम्पनीले पटक पटक आफ्नो झुट लुकाउन खोजेपनि अन्तत उक्त झुटको पर्दाफास भएको छ । अनुगमन समितिले पत्र पठाएपछी शिवम् सिमेन्टका मालिक अहिले राजनीतिक दौडमा छन् । यसअघि पनि शिवम् सिमेन्टले यस्तै ठगी गरेको पाइएपनि राजनीतिक पावरकै भरमा कारवाही रोकिएको थियो । यसपाली पनि यस्तै हुने सम्भावना बढी छ ।      
आफ्नो कर्तुत पर्दाफास भएपछि फोन नै उठाउँदैनन् शिवम् सिमेन्टका सम्बन्धित कर्मचारीले 
शिवम् सिमेन्टले २० बोरा सिमेन्ट बराबर एक बोरा सिमेन्ट सित्तैमा दिने स्किम ल्याएपछि अरु केहि सिमेन्टहरुले त्यस्तै स्किम ल्याएको कुरालाई सामाजिक संजालमा आफ्नो सिको गरेको बताउने शिवम् का कर्मचारीहरु आफनो उद्योगको कर्तुत सार्वजनिक भएपछि भने चुप बसेका छन् । यतिसम्मकी उनीहरुले यसबारे बुझ्न फोन गर्ने संचारकर्मीको फोन समेत उठाएका छैनन् । हामीलेपनि  यसबारे बुझ्न शिवम् सिमेन्टका ब्राण्ड मेनेजर केशव अर्याललाइ सम्पर्क गरेका थियौं । तर आफ्नो कर्तुत सार्वजनिक भएपछि उनले हाम्रो फोन उठाएनन् । केहि महिना अगाडीदेखि शिवम् सिमेन्टका विभिन्न कर्तुतहरु अर्थ सरोकार डटकमले सार्वजनिक गरिरहेकाले उनले अर्थ सरोकारबाट गएको फोन नै उठाउन छोडेका छन् । उनकै रोहबरमा यसबारे केहि ठुला संचारमाध्यममा आएका समाचारहरु हटाइएको छ । यसरी अनुगमन टोलीदेखि मिडियासंगको मिलेमतोमा ठगी गर्ने शिवम् सिमेन्टलाइ कस्तो कारवाही हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।   

यो छुटाउनु भयो कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: