×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : अख्तियारले मगायो श्री एयरलाइन्सको सबै फाइल, अनुसन्धान जारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं- डलर अपचलनदेखि प्रक्रिया नै नपुर्याई पाइलटलाई तालिममा पठाएकोसम्मका कर्तुतहरुमा संलग्न रहेको श्री एयरलाइन्सलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीपरेपछी अहिले एयरलाइन्सको सबै फाइल अख्तियारले लागेको छ । क्यान स्रोतले दिएको जानकारी अनुसार एयरलाइन्स विभिन्न नियम विपरितका काममा संलग्न रहेको पाइएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले एयरलाइन्सका सबै फाइल झिकाएको हो ।  
तीन महिनाको अवधिमा क्यानेडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका तीनवटा जेट इन्जिनयुक्त विमान भित्र्याएको उक्त एयरलाइन्सले नियम विपरित विभिन्न काम गरेको, डलर अपचलन गरेको लगायतका विषयहरुमा उजुरी परेकाले उक्त उजुरीउपर अनुसन्धान सकिएपछि मात्र उडान अनुमति दिने नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) स्रोतको भनाइ छ । ‘कम्पनीले विभिन्न गलत काम गरेको भन्ने उजुरी आएको छ । राष्ट्रियतामै असर गर्ने वा अपचलनका कुराहरुसमेत आएका छन् । त्यसैले सबै कुराको अनुसन्धान नगरी अहिले नै उडान अनुमति दिनु हुन्न भन्ने आन्तरिक निर्णय छ । अख्तियारको निर्णय पर्खनु अर्को बाध्यता छ । अख्तियारले सबै फाइल मगाएर एयरलाइन्सबारे खोजीनिती गरिरहेको छ ।’ प्राधिकरण स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो ।
‘नियम विपरित विभिन्न काम गरेपनि अहिले उक्त एयरलाइन्सका संचालक सुधीर मित्तल उडान अनुमति पाउने विभिन्न शक्तिकेन्द्र धाउने गलत तथ्य प्रस्तुत गर्दै मिडियाबाजी गर्ने काममा लागि परेका छन् । सबै कुरा अख्तियारले अनुसन्धान गरिरहेकै हुनुपर्छ । एयरलाइन्सले तत्काल उडान अनुमति पाउला जस्तो लागेको छैन ।’ क्यानका एक उच्च तहका अधिकारीले अर्थ सरोकार डटकमसँग भने ।   
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: