×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमालेले यसरी लियो २० वर्ष पुरानो हारको बदला, रेसुङ्गामा भुसाल विजयी !

नेकपा एमालेले गुल्मीको रेसुङ्गा नगरपालिका जित हात पारेको छ । रेसुङ्गामा एमालेका उम्मेदवार डिल्लीराज भुसाल विजयी भएका छन्। 
झिनो मतले कांग्रेस उमेदवार भुवनप्रसाद श्रेष्ठलाई पछाडी पार्दै भुसालले ६३८१ मत ल्याएर उनै श्रेष्ठ संग २० वर्ष अघिको हारको बदला लिदै बिजय प्राप्त गरेका छन्।
निकटतम प्रतिद्धन्द्धी कांग्रेसका भुवनप्रसाद श्रेष्ठले ६२०४ मत प्राप्त गरे । २०५४ सालमा पनि साविकको तम्घास गाविसमा यि दुवै जना दुवै दलको तर्फबाट गाविस अध्यक्षमा भिडेका थिए ।
यस्तै उपमेयरमा पनि एमालेकी सिता भण्डारी ६२१३ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी अमृता देवि कुँवरको ६१७९ मत प्राप्त गरिन् ।
यस्तै स्थानीय तह वडामा पनि रेसुङ्गाका १४ मध्ये ६ वटामा एमालेले विजय प्राप्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: