×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्ताहरुको लविङ हुनेभो व्यर्थ, ब्रोकर तयार भएपछि साउन १ देखि सेयर कारोबारमा भ्याट लाग्ने पक्कापक्की !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेयर कारोबारमा लगानीकर्ताहरुको लविङका वावाजूत पनि आउँदो साउन १ गतेदेखि सेयर कारोबारमा भ्याट लाग्ने भएको छ । सेयर कारोबार गर्दा ब्रोकरलाई दिईने कमिसनमा भ्याट लाग्ने भएको हो । भ्याट इन्क्लुसिभ गर्ने कि एक्सक्लुसिभ गर्ने भन्ने कुरामा केहि विवाद गर्ने भएपनि भ्याट लगानीकर्ताबाट नै उठाउने कुरामा सरकार कन्भिन्स भएको बुझिएको छ । सरकारले ब्रोकरहरुसंगको छलफलपछी यस्तो निर्णय गरेको हो।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक चन्द्रकला पौडेलका अनुसार सबैसंगको छलफलपछी अन्तत: यस्तो निर्णयमा पुगिएको हो । ‘ब्रोकरहरु त आज भने आज, भोलि भने भोलि’ भ्याटमा आउन तयार हुनुहुन्छ, हामीले केहि प्राविधिक कामका लागि थप समय दिएका हौँ । अहिलेसम्मको समहति अनुसार भ्याट लगानीकर्ताले नै दिनुपर्नेछ । ‘ यसअघि बुधबारदेखि नै भ्याट लगाएर कारोबार गर्ने भन्ने चर्चा चलेको थियो । 
केहि दिनअघि आन्तरिक राजस्व विभागले केहि ब्रोकर हाउसमा पत्राचार गरेपछि भ्याट प्रकरण सतहमै आएको थियो । लगानीकर्ता संघ सेयर कारोबारमा भ्याट लगाउनु हुन्न भन्ने कुरामा लविङ गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: