×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारमा वर्तमान मौद्रिक नीतिको प्रभाव के होला ? जान्ने मन भए शनिबार ठिमी आउनुहोस् !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेयर लगानीकर्ताहरुका लागि विभिन्न तालिमको आयोजना गरिरहेको थ्री एस इन्भेष्टमेन्टको आयोजनामा अर्को नि:शुल्क कार्यशाला हुने भएको छ । २०७४ असार ३१ गते अर्थात यहि शनिवार आयोजना हुन लागेको कार्यक्रममा वर्तमान मौद्रिक नीति र यसको प्रभाव बारे चर्चा परिचर्चा हुनेछ ।
विहान ११ बजेबाट हुन लागेको कार्यक्रम थ्री एस इन्भेष्टमेन्टकै कार्यालयमा हुने कम्पनीका सीईओ सन्तोष राज बजगाईंले जानकारी दिएका छन् । कार्यक्रममा सहभागी हुन ९८४९०५६१६१, वा ९८५११९४०८५ मा सम्पर्क गर्न सकिने बताइएको छ । 
कार्यक्रममा सीएफए चार्टड होल्डर हेमन्त बस्यालले मौद्रिक नीतिको प्रभावका बारेमा प्रकाश पार्ने बताइएको छ।थ्री एसले आयोजना गरेका कार्यक्रमहरुमा पछिल्लो समय लगानीकर्ताहरुको उल्लेखनीय उपस्थिति हुने गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: