×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालका यी २० कम्पनी जसले बुझाए अर्व बढी राजश्व ! (सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालका २० कम्पनीले अर्व बढी राजश्व बुझाएका छन् । आन्तरिक राजश्व विभागले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा यी २० करदाताबाट मात्रै ८१ अर्ब ६८ करोड १२ लाख ८२ हजार रुपैयाँ कर संकलन भएको छ । जसमा सबै भन्दा बढी कर तिर्ने कम्पनी एनसेल हो । एनसेलले ३० अर्ब १५ करोड ८२ लाख ९२ हजार रुपैयाँभन्दा बढी कर तिरेको छ । 
एनसेलपछी सबैभन्दा बढी कर नेपाल टेलिकमले तिरेको छ । नेपाल टेलिकमले गत आर्थिक बर्षमा राज्यलाई १३ अर्ब ७२ करोड ९२ लाख ६५ हजार रुपैयाँ कर तिरेको छ । यस्तै तेस्रो स्थानमा सूर्य नेपाल प्रालिले ७ अर्ब १८ करोड २७ लाख ८४ हजार रुपैयाँ कर तिरेको छ भने चौथोमा नेपाल आयाल निगमले ५ अर्ब ६९ करोड ५२ लाख ८७ हजार रुपैयाँ कर तिरेको छ ।
यस्तै पाँचौं स्थानमा गोरुको बीर्य हालेको रेडबुल र बेलाबेलामा लेदो भरिएको भेटिने टुबोर्ग बीयर बेच्ने कम्पनी गोर्खा ब्रुअरी प्रालि परेको छ । गोर्खा ब्रुअरी प्रालिले ४ अर्ब १९ करोड ७९ लाख ९३ हजार रुपैयाँ कर तिरेको छ । यो कम्पनीले चुडामणि शर्मासँग मिलेर करोडौं रुपैयाँ कर छली गरेको प्रतिवेदन सार्वजनिक भएको थियो । 
यस्तै नबिल बैंकले २ अर्ब २१ करोड ४७ लाख ९४ हजार रुपैयाँ कर तिरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ३ करोड ४७ लाख २० हजार रुपैयाँ कर तिरेको छ । बैंकहरुमै कृषि विकास बैंकले भने १ अर्ब ६४ करोड ७३ लाख ५१ हजार रुपैयाँ कर तिरेको छ भने सिप्रदी ट्रेडिङ प्रालिले १ अर्ब ४२ करोड ५५ लाख १८ हजार रुपैयाँ कर तिरेको छ ।
नेपाल बैंकले भने १ अर्ब ३९ करोड ४६ लाख ५० हजार रुपैयाँ कर तिरेको छ भने पछिल्लो समय नक्कली सर्टिफिकेट काण्डका कारण विवादमा आइरहेको हिमालयन बैंकले १ अर्ब ३८ करोड ३० लाख ५८ हजार रुपैयाँ कर तिरेको छ ।
यता नेप्सेले गत आर्थिक बर्षमा १ अर्ब ३१ करोड ४० लाख २ हजार रुपैयाँ कर राज्यलाई तिरेको छ भने राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब २९ करोड १३ लाख ६२ हजार रुपैयाँ कर तिरेको छ । यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब २५ करोड ६७ लाख २८ हजार रुपैयाँ कर तिरेको छ भने ग्लोबल आइएमईबैंकले गत आर्थिक बर्षमा १ अर्ब २५ करोड ३७ लाख ६७ हजार रुपैयाँ कर तिरेको छ । कालोबजारी ऐन विपरित गाडी बेचेर जनतालाई ठग्दै आएको कम्पनी अग्नी इन्कर्पोरेट प्रालि गत आर्थिक बर्षमा १ अर्ब २० करोड ५४ लाख ४० हजार रुपैयाँ कर तिरेको छ भने नेपाल एसविआइ बैंकले गत आर्थिक बर्षमा १ अर्ब १० करोड ३ लाख ४४ हजार रुपैयाँ कर तिरेको छ । 
केहि समय अघि मात्र आफ्नो २०औं बर्षगांठ मनाएको एनआइसी एशिया बैंकले १ अर्ब ८ करोड १७ लाख १ हजार रुपैयाँ कर तिरेको छ भने जगदम्बा स्टिल्स प्रालिले गत आर्थिक बर्षमा १ अर्ब ६ करोड ९० लाख ७३ हजार रुपैयाँ कर तिरेको छ । यता एभरेष्ट बैंकले गत आर्थिक बर्षमा १ अर्ब ४ करोड ५१ लाख ४५ हजार रुपैयाँ कर तिरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: