×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विशेष खुलासा : भरतपुरमा जालझेल, ७३३ को यस्तो खेल !

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ताले सर्वोच्च अदालतले भरतपुर महानगरका विषयमा गरेको निर्णयको विरोध गरेका छन् । तर, अदालतको आदेश मान्ने बताएका छन् । पहिलो चरणमा भएको चुनावमा मतपत्र च्यातेपछि भरतपुर विवादमा तानिएको थियो । भरतपुरमा जालझेल भएको भन्दै एमाले कार्यकर्ताहरू दुखी छन् । तर नेकपा माओवादीका कार्यकर्ता भने खुसी छन् । 
प्रचण्डपुत्री रेणु दाहालले ७३३ मतान्तरमा हार्ने अवस्था आएपछि भरतपुर–१९ को मतपत्र वाईसीएलका कार्यकर्ताले च्यातेका थिए । एमालेको माग च्यातेका मतपत्र बदर गरी अन्य गणना हुनुपर्ने थियो । तर, निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेपछि एमाले कार्यकर्ता सर्वोच्चको शरणमा पुगेका थिए । सर्वोच्चले पनि लामो समयपछि हेर्दाहेर्दैमा राखेको मुद्दामा आयोगको निर्णय सदर गरेपछि जालझेल भएको आशंका गरिएको छ । 
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादीहरूले मतपत्र च्यातेपछि त्यहाँ मतगणना रोकिएको थियो । जेठ १४ गते आइतबार मध्यरात १९ नम्बर वडाको मतगणना गर्दैगर्दा माओवादीहरूले मतपत्र च्यातेका थिए । त्यतिबेला कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिसकेको थियो ।
१९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातिएको थियो। त्यो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो। यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहालबीच जम्मा ७८४ मतको अन्तर थियो ।
१९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो। आइतबार राति १२ बजेसम्ममा उक्त वडाको थप ४०० मत गनिइसकेको थियो, परिणाम भने सार्वजनिक भएको थिएन । जनप्रहार साप्ताहिकमा खबर छ । 
मतगणना स्थगित भएपछि निर्वाचन आयोगले सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरी भरतपुर पठाएको थियो। सोही टोलीले अध्ययन गरी त्यहाँ ९० वटा मतपत्र च्यातिएको यकिन गरी आइतबार प्रतिवेदन बुझाएको थियो ।
सर्वोच्चको अइतबारको अदेशपछि अब १९ नम्बर वडामा मतदान गराउनुपर्नेछ । कानुनअनुसार सम्बन्धित केन्द्रको मत्र गराउनुपर्ने भए पनि १९ नम्बर वडाका सबै मतदान केन्द्रका मतपत्र एकैठाउँ मिसाएर मतगणना भइरहेकाले पूरै वडामा मतदान गर्नुपरेको हो। यहाँ तीन मतदान केन्द्र र ३७९७ मतदाता छन् ।
नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अदालतले हराएपनि जनताको अदालतबाट जितेर आउने दाबी गरेका छन् । अझ बढि मतले जितेर आउने उनको दाबी छ । तर, माओवादीहरू भने रेणु दाहाललाई जिताउनका लागि कस्सिएका छन् । उनीहरू मौन रूपमा चुनावी प्रचारमा सक्रिय रहेका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: