×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रदेश र संसदको चुनाव एकैपटक गर्न सकिन्छ कि सकिदैन भन्ने आयोग र देउवाको जिज्ञासा

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौँ – बुधबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल भयो । उक्त छलफलमा प्रधानमन्त्री शेरबहादु देउवाले प्रदेशसभा तथा प्रतिनिधिसभा दुवै निर्वाचन एकैपटक गर्न सकिन्छ सकिँदैन भन्ने जिज्ञासा राखेका राखेका थिए ।

आयोगका पदाधिकारीहरुले भने निर्वाचनको लागि समय कम हुँदै गएको, आवश्यक ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभएको भन्दै दुईवटै निर्वाचन सञ्चालन गर्न कठिन हुने बताएका छन् । प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन एकैपटक सञ्चालन गर्न व्यवस्थापकीय हिसावले कति सम्भव हुन्छ आयोगमा छलफल गरेर जानकारी गराउने आयोग पदाधिकारीले बताएका छन् ।
प्रधानमन्त्रीबाट मुख्य तीन दलका शीर्ष नेतासँग आजै छलफल गरी निर्वाचनको मिति सम्बन्धमा उचित निर्णय लिइने बताएको निर्वाचन आयोगले जानकारी दिएको छ । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी तथा निर्वाचन आयोगका सचिव महेश्वर न्यौपाने सहभागी थिएका थिए । व्यवस्थापकीय हिसाबले मंसिर पहिलो हप्तामा प्रतिनिधिसभाको निर्वाचन गर्न सकिने आयोग पदाधिकारीले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: