कृषि विकास बैंकको खुद नाफा १२.६६% वृद्धि
Powered by Blogger.
कृषि विकास बैंकको खुद नाफा १२.६६% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३।७४ को चौथो त्रैमासमा कृषि विकास बैंकले १२.६६% खुद नाफा वृद्धि गरेर २ अर्ब ७७ करोड ६७ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा २ अर्ब ४६ करोड ४६ लाख ८३ हजार रुपैयाँ थियो । बैंकले खुद ब्याज आम्दानी पनि १३.४६% वृद्धि गरी ७ अर्ब १० करोड ४० लाख ५० हजार रुपैयाँ पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्ष ६ अर्ब २६ करोड १३ लाख ३१ हजार रुपैयाँ थियो । कृषिले ६९ करोड ६८ लाख ३१ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि १ अर्ब १८ करोड ९५ लाख ८ हजार रुपैयाँ छुट्याएको छ । कृषिले निक्षेप संकलन १४.३८% वृद्धि गरेर ९९ अर्ब ९५ करोड २० लाख ७० हजार रुपैयाँ पुर्याएको छ । यसैगरी, कर्जा लगानी पनि ११.०८% वृद्धि गरी ८८ अर्ब २९ करोड ७५ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकले खराब कर्जा ४.३६% बाट घटाएर २.९७% मा सीमित राख्न सफल भएको छ । कृषिको कर्जा निक्षेप अनुपात ६२.३९% छ । कस्ट अफ फन्ड ४.२६% बाट बढेर ५.७४% पुगेको छ । कृषिको साधारण सेयरको इक्विटीमा प्रतिफल वार्षिक १५.५४% छ । अघिल्लो वर्ष यो १८.८९% थियो । कृषिको साधारण सेयर पुँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँ छ भने अग्राधिकार (सरकारको) पुँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ छ । साधारण सेयर पुँजी अघिल्लो वर्ष भन्दा ३८.४६% धेरै हो । कृषिको रिजर्भ कोषमा ५०.४६% बढोत्तरी भएर ९ अर्ब ८८ करोड ८० लाख ७० हजार रुपैयाँ जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३४ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ ९१ पैसा छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी घटेको छ भने नेटवर्थ बढेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ६० पैसा थियो भने प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ३८ पैसा थियो ।


Published Date : Wednesday, August 9, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...