अरुण फाइनान्सको १००% हकप्रद खुल्यो, फारम भर्न कहाँ जाने ?
Powered by Blogger.
अरुण फाइनान्सको १००% हकप्रद खुल्यो, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - अरुण फाइनान्सले १००% हकप्रद आज देखि बिक्री खुला गरेको छ । फाइनान्सले १ः१ अनुपातमा १५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।अरुणले प्रतिकित्ता हकप्रद १०० रुपैयाँ दरले बिक्री खुला गरेको छ । हकप्रद भर्ने अन्तिम म्याद भने असोज ९ गते तोकिएको छ । हाल अरुणको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी ३० करोड रुपैयाँ हुनेछ । फाइनान्सले हकप्रद बिक्रीबाट प्राप्त हुने रकम आविधिक कर्जा हायरपर्चेज कर्जा, व्यापारिक कर्जा, कृषि कर्जा र आवासीय कर्जामा उपयोग गर्ने जनाएको छ ।

आवेदन दिने ठाउँ 
यो हकप्रदमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय राष्ट्रिय नाचघर काठमाडौं तथा ग्लोबल आइएमई बैंकको वीरगंज, इटहरी, जनकपुर, धनगढी, पोखरा, नेपालगंज, र बुटवल शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, अरुण फाइनान्सको केन्द्रीय कार्यालय धरान–६ सुनसरी तथा यसको हेटौंडा र खाडीचौर सिन्धुपाल्चोक शाखाबाट पनि हकप्रदका लागि आवेदन दिन पाइनेछ । 

 

प्रकाशित मिति : Tuesday, August 22, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...