अरुण फाइनान्सको हकप्रद भदौ ६ देखि खुल्दै, कहाँ गएर भर्ने फारम ?
Powered by Blogger.
अरुण फाइनान्सको हकप्रद भदौ ६ देखि खुल्दै, कहाँ गएर भर्ने फारम ?

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं - अरुण फाइनान्सको १००% हकप्रद भदौ ६ गतेदखि खुल्ने भएको छ । फाइनान्सले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद भर्ने अन्तिम म्याद भने असोज ९ गते तोकिएको छ । हाल अरुणको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी ३० करोड रुपैयाँ हुनेछ । फाइनान्सले हकप्रद बिक्रीबाट प्राप्त हुने रकम आविधिक कर्जा हायरपर्चेज कर्जा, व्यापारिक कर्जा, कृषि कर्जा र आवासीय कर्जामा उपयोग गर्ने जनाएको छ ।

यो हकप्रदमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय राष्ट्रिय नाचघर काठमाडौं तथा ग्लोबल आइएमई बैंकको वीरगंज, इटहरी, जनकपुर, धनगढी, पोखरा, नेपालगंज, र बुटवल शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, अरुण फाइनान्सको केन्द्रीय कार्यालय धरान–६ सुनसरी तथा यसको हेटौंडा र खाडीचौर सिन्धुपाल्चोक शाखाबाट पनि हकप्रदका लागि आवेदन दिन पाइनेछ ।



प्रकाशित मिति : Friday, August 4, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...