नेपाल बैंकले डिप्रोक्सको १ लाख ८० हजार कित्ता सेयर लिलामीमा बिक्री गर्दै
Powered by Blogger.
नेपाल बैंकले डिप्रोक्सको १ लाख ८० हजार कित्ता सेयर लिलामीमा बिक्री गर्दै

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - नेपाल बैंक लिमिटेडले डिप्रोक्स लघुवित्त विकास बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले १ लाख ८० हजार ३७८ कित्ता सेयर बिक्री गर्न बिहीबार देखि बोलपत्र आह्वान गरेको हो । बैंकले सेयरको न्यूनतम मूल्य १२ सय रुपैयाँ तोकेको छ । यसआधारमा लगानीकर्ताले न्यूनतम १२ सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । बैंकले १२ सय रुपैयाँ भन्दा कम मूल्य तोकी पेस गरिएको बोलपत्र स्कीकृत नगर्ने जनाएको छ । डिप्रोक्सको बुधबारको बजार भाउ १ हजार ४१५ रुपैयाँ छ । 

आवेदन फारम भने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा पाइनेछ । सेयर बोलकबोल गर्दा न्यूनतम १०० कितादेखि अधिकतम १० ले भाज जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आवेदन फारममा हितग्राही खाता नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ । १० लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले भने अनिवार्य रुपमा प्यान नम्बर उल्लेख गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम म्याद असोज ४ गते हो । बोलपत्र असोज ६ गते बिहान ७ बजे बिक्री प्रन्धकको कार्यालय नारायणचौर नक्सालमा खोलिनेछ । हाल डिप्रोक्सको चुक्ता पुँजी ६० करोड ६१ लाख २१ हजार रुपयाँ छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड २९ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ५७ पैसा छ ।

प्रकाशित मिति : Thursday, August 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...