बाबुरामले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रचण्डलाई 'लभ गर्दै हिड्ने कलियुगका कृष्ण' भनेपछि...
Powered by Blogger.
बाबुरामले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रचण्डलाई 'लभ गर्दै हिड्ने कलियुगका कृष्ण' भनेपछि...


काठमाडौं - नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराइले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘कलियुगका कृष्ण’ को संज्ञा दिएका छन् ।

चुनावी प्रचार अभियान लिएर मधेसमा पुगेका प्रचण्डबारे सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै पुर्व हितैषी बाबुरामले उनलाई 'कलियुगका कृष्ण' भनेका हुन् । उनले आफु मधेसका लागि सवैभन्दा बढि लडेको बताउँदै फेरी पनि मधेसका लागि लड्ने बाचा गरिरहेका बेला भट्टराईले उनीप्रति ब्यङगे गर्दै कलियुका कृष्णको संज्ञा दिएका छन् ।

‘चुनावको बेला मधेसँग लभ !, सत्ताका लागि बाह्यशक्तिसँग लभ !, कमिशनकानिम्ति एनसेल, गेजुवा, चुडामणिसँग लभ !’ भट्टराईले आफ्नो ट्वीटर पेजमा लेखेका छन् ‘कलियुगका कृष्णको लिला अपरम्परा छ !’ 


मतदात रिझाउन दाहाल रौतहटमा भन्ने कान्तिपुरको समाचार शेयर गर्दै भट्टराईले यस्तो टिप्पनी गरेका छन् । उनले चुनावका बेला मात्र मधेसँग प्रचण्डले लभ गर्ने, कमिशनका लागि एनसेल, गेजुवा र चुडामणिसँग मिलेको आरोप समेत लगाएका छन् । 

यसअघि पनि काँगेससँग चुनावी तालमेल गरेका प्रचण्डलाई बाबुराम भट्टर्राईले व्यंग्य गरेका थिए ।

प्रकाशित मिति : Thursday, August 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...