×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वराजको एक आग्रहमा राजपा चुनावमा भाग लिन तयार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बिमस्टेक बैठकमा भाग लिन नेपाल आएकी छिन् । बैठकमा उनले स्थानीय तहको निर्वाचनमा भाग नलिने भनेका राष्ट्रिय जनता पार्टीलाई चुनावमा भाग लिन आग्रह गरेकी छिन् । स्वराजको आग्रहपछि राजपा नेताहरु स्थानीय तहको निर्वाचनमा भाग लिने भएका छन् ।

स्थानीय तहको निर्वाचनमा भाग नलिने भनेको एकसाता अघि मात्र निर्णय गरेको राजपाले भारतीय विदेश मन्त्रीको आग्रहमा भाग लिने भएको छ । निर्वाचनमा भाग लिन राजपालाई दवाव दिएकी थिइन । तर राजपा नेताहरुले भने दवाव नदिएको तर चुनावमा भाग लिँदा राम्रो हुने सुझाव दिएको बताएका छन् ।
तपाईहरुलाई जे मन लाग्छ गर्नुहोस, तर हित हुने काम गर्नुहोस – स्वराजले राप्रपा पार्टीलाई यही सल्लाह दिएकी थिइन् । राजपा नेताहरु चुनावमा भाग लिन तयार भएपछि स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी थिइन् । स्वराजले राजपालाई तत्काल बार्ता बोलाउन प्रधानमन्त्रीसँग आग्रह समेत गरेको स्रोतले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: