बैंक अफ काठमान्डूले प्रिमियम भाउ राखेर ६१ लाख ५८ हजार ६७ कित्ता सेयर लिलामीमा बेच्ने
Powered by Blogger.
बैंक अफ काठमान्डूले प्रिमियम भाउ राखेर ६१ लाख ५८ हजार ६७ कित्ता सेयर लिलामीमा बेच्ने


  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं - बैंक अफ काठमान्डूले संस्थापक सेयर प्रिमियम भाउ राखेर ६१ लाख ५८ हजार ६७ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता न्यूनतम २६६ रुपैयाँलाई आधार मानेर त्यसभन्दा माथि भाउ राखेर लिलाम बढाबढमा बिक्री गर्ने तयारी गरेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १६६ रुपैयाँ न्यूनतम प्रिमियम भाउ तोकेको हो । यसआधारमा लगानीकर्ताले अब प्रतिकित्ता न्यूनतम २६६ रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी लिलामी भर्नुपर्ने हुन्छ । यद्दपि, बैंकले गरेको यो प्रस्ताव नियामक निकायबाट अनुमोदन हुन बाँकी छ ।

बैंक अफ काठमान्डूले मूल्य बढाबढमा बिक्री गर्न नियामक नेपाल धितोपत्र बोर्डले तोकेको ढाँचामा विवरणपत्र तथा अन्य आवश्यक कागजपत्र पेस गरिसकेको जानकारी दिएको छ । बैंक अफ काठमान्डूले यसअघि संस्थापक र सर्वसाधारण हिस्सा ४९ः५१ प्रतिशत कायम गर्न एफपीओमार्फत संस्थापक सेयर बिक्री गर्न लागेको थियो । तर संस्थापक सेयर एफपीओमार्फत निष्कासन गर्न कानुनी जटिलता उत्पन्न भएपछि नयाँ विधि अपनाउन लागेको देखिन्छ ।

बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब २३ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले ६५ करोड ५२ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । बैंकले रिजर्भ कोषमा ३ अर्ब ३२ करोड ५ लाख १३ हजार रुपैयाँ छ । यो अघिल्लो वर्षको तुलनामा ५४.४९% ले बढी हो । चौथो त्रैमाससम्ममा बैंक अफ काठमान्डूको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २२ रुपैयाँ १ पैसा भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ९८ पैसा छ ।


प्रकाशित मिति : Sunday, August 20, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...