×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय स्तरमै व्यापक बहस र चर्चाको विषय भरतपुरको मतदानमा एउटै वडामा एक हजार सुरक्षाकर्मी परिचालन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय स्तरमै व्यापक बहस र चर्चाको विषय भरतपुरको मतदानमा एउटै वडामा एक हजार सुरक्षाकर्मी परिचालन

  • अर्थ सरोकार सम्बाददाता 
चितवन – बैशाख ३१ को पहिलो चरणको स्थानीय निर्वाचनको भरतपुर १९ को बैशाख ३१ को पहिलो चरणको स्थानीय निर्वाचनको मतपत्र च्यातिएपछि सर्वोच्च अदालतले दिएको आदेशबमोजिम आज त्यहाँ पुन:मतदान भइरहेको छ । यो बिषयलाई लिएर राष्ट्रिय स्तरमै व्यापक बहस र चर्चाको विषय बनेको थियो । बिहान ७ बजेदेखि ६ वटा मतदान केन्द्रहरुमा अत्यन्तै कडा सुरक्षा व्यवस्थाका साथ मतदान भइरहेको छ । एक वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन  गरिएको छ। 
नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको छ यस  केन्द्रमा बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएका छन् – जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
राति १२ बजेदेखि नै सो वडाका सीमा नाकाहरु बन्द गरिएका थिए । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहेका छन । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार पुरै जिल्लामा हेर्न सक्ने सुरक्षा जनशक्ति एउटा वडामा भएकाले समस्याको केहि डर नहुने बताएका छन् । सुरक्षा गार्डहरु चुनाव नसक्किने समय सम्म त्यहि बस्ने भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: