सेञ्चुरी बैंकले कमायो ४४ करोड ७४ लाख रुपैयाँ खुद नाफा
Powered by Blogger.
सेञ्चुरी बैंकले कमायो ४४ करोड ७४ लाख रुपैयाँ खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गत आर्थिक वर्षको चौथो त्रैमासमा सेञ्चुरी बैंकले ४४ करोड ७४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ८.२१% ले धेरै हो । अघिल्लो वर्ष सेञ्चुरीले ४१ करोड ३५ लाख ३४ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको भन्दा २९.५३% ले बढेर १ अर्ब १३ करोड ९६ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ८७ करोड ९७ लाख ८९ हजार रुपैयाँमात्र थियो । 

बैंकले ३ करोड ९१ लाख १ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने सम्भावित जोखिममा १७ करोड ७३ लाख रुपयाँ छुट्याएको छ । निक्षेप संकलन गत वर्षको २८ अर्बबाट बढाएर ४२ अर्ब ५९ करोड ३६ लाख ५४ हजार रुपैयाँ पुर्याएको सेञ्चुरीले ३९ अर्ब ५० करोड ७७ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गर्न पनि सफल भएको छ । यसको कर्जा निक्षेप अनुपात भने ७७.९०% बाट घटेर ७३.६३% आइपुगेको छ । त्यस्तै, कस्ट अफ फन्ड भने ४.१९% बाट बढेर ८.१०% पुगेको छ । सेञ्चुरीको खराब कर्जा भने केही बढेर १.१५% पुगेको छ । अघिल्लो वर्ष बैंकको खराब कर्जा ०.२२% मात्र थियो । सेञ्चुरीको इक्विटीमा प्रतिफल भने ६.६२% ले घटेर ७.२२% मा सीमित छ । अघिल्लो वर्ष इक्विटीमा प्रतिफल १३.८४% थियो ।


Published Date : Monday, August 21, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...