छिमेक लघुवित्तको खुद नाफा ५७ करोड ६४ लाख
Powered by Blogger.
छिमेक लघुवित्तको खुद नाफा ५७ करोड ६४ लाख

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्षको चौथो त्रैमासमा छिमेक लघुवित्त विकास बैंकले २१.९४ प्रतिशतले खुद नाफा बढोत्तरी गरेर ५७ करोड ६४ लाख १६ हजार रुपैयाँ  पुर्याएको छ । अघिल्लो आवको यसै अवधिमा खुद नाफा ४७ करोड २६ लाख ८१ हजार रुपैयाँमात्र थियो । छिमेकको खुद ब्याज आम्दानी १९.०९ प्रतिशतले बढेर १ अर्ब २४ करोड ६४ लाख २० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी १ अर्ब ४ करोड ६६ लाख ४ हजार रुपैयाँ थियो । यस लघुवित्तले ९ अर्ब ६ करोड ८३ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३०.८६ प्रतिशत बढी हो । अघिल्लो वर्ष छिमेकले ६ अर्ब ९२ करोड ९५ लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै, कम्पनीले कर्जा लगानी २९.१९ प्रतिशत वृद्धि गरी १२ अर्ब ५१ करोड ४२ लाख २ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष छिमेकले ९ अर्ब ६८ करोड ५९ लाख ४६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । 

कम्पनीको खराब कर्जा घटेर ०.०९ प्रतिशतमा सीमित छ भने कस्ट अफ फन्ड बढेर ८.५९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष छिमेकको कस्ट अफ फन्ड ७.५२ प्रतिशत थियो । छिमेकको रिजर्भ कोषमा ९५ करोड ४६ लाख ९१ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष ७४ करोड ६८ लाख २७ हजार रुपैयाँ रिजर्भ कोषमा थियो । कम्पनीको चुक्ता पुँजी ८३ करोड ४० लाख ७१ हजार रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा चुक्ता पुँजी ४० प्रतिशतले बढेको हो । यस लघुवित्तको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ ११ पैसा छ भने प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ४६ पैसा छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै घटेका छन् । अघिल्लो वर्ष छिमेकको प्रतिसेयर आम्दानी ७९ रुपैयाँ ३४ पैसा र नेटवर्थ २२५ रुपैयाँ ३६ पैसा थियो ।

प्रकाशित मिति : Thursday, August 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...