×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स् बैंकको सुनकाण्ड : यस्तो छ पक्राउ प्रतिवादीहरुको नालीबेली, बैंकको ‘इन्टरनल कन्ट्रोल सिष्टम’ कमजोर सावित !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको न्यूरोड शाखामा धरौटी राखेको साढे ७ किलो सुन गायब बनाउने कर्मचारीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि बैंकका अन्य साखामा पनि धरौटीमा राखिएको सुन हराएको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो । सीआइबीले सुन धरौटी राखेर लिएका ऋणी र बैंकका कर्मचारीलाई पक्राउ गरेको बताएको छ । सुन धरौटी राखेभन्दा बढी तौल बताएर ऋण प्रवाहका लागि सिफारिश गर्ने बैंकका वरिष्ठ र कनिष्ठ सुन जाँचकीको संलग्नतासमेत रहेको खुलेको छ । पक्राउ परेका पाँचैजना बिरुद्ध २ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबर बैकिंग कारोबारमा हानी नोक्सानी पुर्याएको मुद्दामा अनुसन्धान भइरहेको छ ।
यस्तो छ पक्राउ पर्नेहरुका नालीबेली 
सिटिजन्स्को सुनकाण्डमा परेकामध्ये मुख्य अभियुक्त सामिन शाक्य हुन् । भक्तपुर जिल्ला, भक्तपुर गाउँपालिका -१५, खोमावहाल भई हाल काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका-२५ बस्ने शाक्य मात्र २६ बर्षका छन् । उनी सिटिजन्स बैंकमा बरिष्ट सुन जाँचकीका रुपमा कार्यरत थिए । २६ बर्षको उमेरको ठिटोलाई बरिष्ट सुन जाँचकी बनाउने र त्यसलाई ‘क्रस भेरिफाइ’ नगर्ने बैंकको कमजोर ‘इन्टरनल कन्ट्रोल सिष्टम’लाई छताछुल्ल बनाएको छ । त्यस्तै भक्तपुर जिल्ला नै बस्ने भक्तपुर नगरपालिका १७ इतोछे घर भएका २८ बर्षका विन्देश शाक्य सहायक सुन जाँचकी हुन् । सिटिजन्स बैंकमा बिगत केहि समयदेखि कार्यरत उनी पावरकै भरमा जागिर खान आएका थिए । सुन जाँचकी जस्तो महत्वपूर्ण र संवेदनशील कार्यका लागि मान्छे छान्दा उसको चरित्रमाथि पनि कुनै पनि ख्याल गरिएको छैन । 
यस्तै पक्राउ पर्नेमा प्राइम कमर्सियल बैंकका गोल्ड अडिट डिपार्टमेन्ट, कमलपोखरीका कर्मचारी समेत छन् । भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका ०१ इटापा बस्ने बर्ष ३३ को अमितराज बज्राचार्य पनि प्रहरीको फन्दामा परेका छन् । उनी केहि समय अगाडी प्राइम कमर्सियल बैंकमा जागिरे भएर गएका थिए । यस्तै मोरङ जिल्ला शनिश्चरे गाबिस-८ भै हाल काठमाडौँ जिल्ला कथ्मनु महानगरपालिका वडा नम्बर ३३ पूरानो बानेश्वर बस्ने बर्ष ४५ को लभ बराइलीलाइ पनि प्रहरीले पक्रिएको छ । उनी बैंकका ऋणी हुन् । सुन जाँचकीलाइ भित्र भित्रै कमिसन दिएर थोरै सुनलाइ धेरै प्रमाणित गरेको भन्ने अभियोग उनीमाथि छ । यस्तै संखुवासभा जिल्ला शनिश्चरे चैनपुर गाबिस- २ घर भै हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका निलोपुल बस्दै गरेका उनी र काठमाडौँ बस्ने बर्ष २८ को उमेश राज बराईली (ऋणी)लाइ पनि प्रहरीले पक्राउ गरेको छ । 
स्मरण रहोस् सिटिजन्स् बैंकमा सुन राख्न असुरक्षित भएका घटनाहरु पहिलो पटक अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो । त्यति बेला बैंकले पनि यो घटना लुकाउन पटक पटक प्रयास गर्यो । तर केहि सीप नलागेपछि बैंकले सीआइबी गुहारेपछी अहिले यो घटना छताछुल्ल रुपमा नै बाहिर आएको छ । बैंकका अन्य साखामा पनि सुन हराएको र सुन जाँचकीले बदमासी गरेको खबर सार्वजनिक अर्थ सरोकारले गरिसकेको छ । यस विषयमा पनि बैंकले आन्तरिक अनुसन्धान गरिरहेको छ भने एक घटनालाई सीआइबीको जिम्मा लगाउने तयारीसमेत केहि समय अगाडी गरेको बुझिएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: