सिटिजन्सले साधारण सभा गर्न तोक्यो बुक क्लोज मिति
Powered by Blogger.
सिटिजन्सले साधारण सभा गर्न तोक्यो बुक क्लोज मिति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिटिजन्स बैंकले वार्षिक साधारण सभा गर्न भदौ १२ देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बैंकले साधारण सभामा १६% बोनस सेयर र कर तिर्न १% नगद लाभांश दिने विशेष प्रस्ताव लैजाँदैछ । यसआधारमा लाभांश पाउन भदौ ११ गतेसम्ममा सिटिजन्सको सेयरधनी बनिसक्नुपर्नेछ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ छ । १६% बोनसपछि चुक्ता पुँजी पनि ८ अर्ब २ कारोड ९१ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब २१ करोड १ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सिटिजन्सको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५१ पैसा छ ।


Published Date : Monday, August 21, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...