काँग्रेस सभापतिले एमालेकी उपप्रमुखको चुल्ठो समाते, वडाअध्यक्षले भकाभक कुटे
Powered by Blogger.
काँग्रेस सभापतिले एमालेकी उपप्रमुखको चुल्ठो समाते, वडाअध्यक्षले भकाभक कुटे


म्याग्दी - मुस्ताङमा भने गाउपालिका प्रमुख र उपप्रमुखबीच नै कुटाकुट भएको छ । मुस्ताङको बाह्रगाउँ–मुक्तिक्षेत्र गाउँपालिकाका उपप्रमुख शिव गुरुङलाई सोही गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष तेन्जिङ गुरुङले रक्सी सेवन गरेर कुटपिट गरेका हुन् । कार्यकक्षमा प्रवेश गरी कुटपिट गरेका तेन्जिङले प्रहरी कार्यालयभित्रै उपप्रमुख गुरुङमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।

कुटपिटबारे प्रहरीमा उजुरी दिन गएको बेला तेन्जिङका बुबा नोर्बुले समेत उपप्रमुख गुरुङमाथि दुर्व्यवहार गरेको एमाले मुस्ताङका अध्‍यक्ष चन्द्रमोहन गौचनले बताए । नेर्बु गुरुङ नेपाली कांग्रेस मुस्ताङका कार्यबाहक अध्यक्षसमेत हुन् । सहायक प्रजिअ खड्काले कुटपिटको कारणकोबारेमा अनुसन्धान भइरहेको बताए । खड्काले कुटपिटमा संलग्न गुरुङद्वयलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए ।

जनताको मतबाट निर्वाचित भएका जनप्रतिनिधिहरु काम गर्नको साटो अापसमा झगडा गर्न थालेपछि जनता हैरान हुन् पुगेका छन् ।

प्रकाशित मिति : Tuesday, August 29, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...