×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निधिको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा अस्पतालमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेका छन् । प्रधानमन्त्री देउवा ओम अस्पतालमा नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भेट्न गएका हुन् ।  निधिलाई सोमबार राति अचानक पेट दुखेपछि ओम अस्पतालमा भर्ना भएका थिए ।

देउवाले आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उनले त्यहाँ उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियाले जानकारी दिएका छन् । नेता निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा डा. राहुल पाठकले जानकारी दिएका हुन् । नेता निधिको आज बिहान सफलतापूर्वक इण्डोस्कोपी गरिएको छ । नेता निधिलाई केहि समय आराम गर्नुपर्ने चिकित्सकले बताएका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: