×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्री देउवाले काठमाडौँमा दसैंसम्ममा मेलम्चीको पानी लेराइ सक्न दिए कडा निर्देशन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ   –  प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार मेलम्ची आयोजनाको स्थलगत निरीक्षणका गएका छन् । मेलम्ची पुगेर प्रधानमन्त्री देउवाले जति सक्दो चाँडो काम सकाउन निर्देशन दिएका छन् । देउवाले आयोजना स्थलको इन्टेक ड्याम, टनेललगायतको अवलोकन गरेका छन् ।

काठमाडौँमा सन् २०११ देखि पानी ल्याउँने हल्ला गरेजस्तो मात्रै भएको अब जति सक्दो छिटो, जति सक्दो चाँडो गर्नुस् त्यसका लागि साधन, स्रोत, पैसा के आवश्यक छ त्यो सरकारले  सहयोग गर्न तयार छ । तर काम चाही जति सक्दो सक्ने गर्नुहोस्  – देउवाले भने । मेलम्ची खानेपानी आयोजनाको काम छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । मेलम्चीको पानी आगामी दसैंसम्ममा काठमाडौँ भित्र्याउने लक्ष्य राखिए पनि त्यो सम्भावना भने पुरा हुन अझै समय लाग्ने देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: