युरिया मल, हतियार देखि हजार र पाँच सय भारतीय नोट सटही गर्ने प्रधानमन्त्रीको एजेण्डा
Powered by Blogger.
युरिया मल, हतियार देखि हजार र पाँच सय भारतीय नोट सटही गर्ने प्रधानमन्त्रीको एजेण्डा


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको मिति अझ तय भैसकेको छैन । तर भारत भ्रमणमा गएको बखत के के कुरामा भारतका प्रधानमन्त्री मोदीसंग कुरा गर्ने भन्ने पुर्व योजना चाहिँ प्रधानमन्त्री देउवाले गर्न थालिसकेका छन् । पुर्व योजनामा उनले  युरिया मलदेखि हतियारसम्म माग्ने एजेण्डा तय गरेको स्रोतले जनाएको छ । वार्षिक रूपमा दुई लाख टन युरिया मल, एक लाख टन डिएपी, ५० हजार टन पोटास नेपालमा नियमित आपूर्तिका लागि सरकारले भारतलाई प्रस्ताव गर्नेछ र नेपालमा युरिया मल प्लान्ट स्थापनाका विषयमा पनि छलफल हुनेछ ।

प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि आफ्ना प्रारम्भिक एजेन्डा तय गर्न जुटेका छन् । परराष्टमन्त्रालय मार्फत उनले विभिन्न मन्त्रालयसँग एजेण्डा मागिरहेको स्रोतले बताएको छ । भारत भ्रमणमा युरिया मलदेखि हतियारसम्म माग्ने एजेण्डा तय गरेको स्थानीय तहको दोस्रो निर्वाचनदेखि प्रदेश र संसद्को निर्वाचनका लागि लजिस्टिक सहयोग, गाडी, हातहतियार, विस्फोटक पदार्थ, भिड नियन्त्रण उपकरण माग्ने तयारी गरेका छन् ।प्रतिबन्धित हजार र पाँच सय दरका भारतीय नोट सटही पनि देउवाको एजेण्डा बन्ने भएको छ । यसबारे भारतको स्टेट बैंक र नेपाल राष्ट्र बैंकको उच्च तहमा छलफल हुँदै आएको छ।

बुटवल–गोरखपुर ४०० केभी सीमापार विद्युतीय प्रसारण लाइन जिटुजी निर्माणका लागि आग्रह गर्दै ७ अर्ब २१ करोड २० लाख भारु खर्च हुने उक्त परियोजनामा नेपालले २ अर्ब ६ करोड ३७ लाख र भारतले ५ अर्ब १५ करोड ३३ लाख रुपैयाँ खर्च गर्ने सहमति भइसकेको छ । हेटौँडा र इनरुवामा डबल सर्किट विद्युतीय सबस्टेसन निर्माणका लागि ५ करोड ५० लाख अमेरिकी डलरबराबरको अनुदान सहयोग भारतसँग माग्ने देउवाको अर्काे योजना रहेको छ ।


Published Date : Thursday, August 10, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...