×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः विकास बैंकले गर्यो बोनस सेयर घोषणा, ८.५५ % बोनस सेयर वितरण गर्ने

काठमाडौं । देवः विकास बैंकले बोनस सेयर घोषणा गरेको छ । बैंकको फागुन ३० गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ८.५५% बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 
बैंकले आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २७ लाख १६ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस नेपाल राष्ट्र बैंक र बैंकको अगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । 
हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्ष २०७४–०७५ मा ५.५% बोनस सेयर दिएको थियो । यस आधारमा लाभांश दर वृद्धि भएको देखिन्छ ।
 देवः विकासले कुमारी बैंकसँग एक्विजिसनमा जाने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । फलस्वरुपः गत माघ २ गतेदेखि यस बैंकको दोस्रो बजारमा सेयर कारोबार रोक्का रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: