माओवादीमाथि आर्थिक प्रलोभनको आरोप, मेयर पदमा हारेपनि राजनीतिमा जितेको दावीः देवी ज्ञवाली
Powered by Blogger.
माओवादीमाथि आर्थिक प्रलोभनको आरोप, मेयर पदमा हारेपनि राजनीतिमा जितेको दावीः देवी ज्ञवाली


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  –  महानगरपालिकाको प्रमुखमा देवी ज्ञवालीलाई पराजित गर्दै माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी थिए । ज्ञवालीले मेयर पदमा आफू हारेपनि राजनीतिमा जितेको दावी गरेका छन् । नेकपा एमाले चितवनले  माओवादी पार्टीलाई राज्य सत्ताको दुरुपयोग गरेर आफ्ना उम्मेदवार हड्पेको आरोप लगाएका छन्  ।
एमाले चितवनले एमालेका पार्टीले  निर्वाचन जित्ने भएपछि आर्थिक प्रलोभनमा पारेर षड्यन्त्र गरेको माओवादी पार्टीलाई आरोप लगाएका छन् । 

लोकतान्त्रिक प्रतिस्पर्धामा हारजित हुनु स्वभाविक भएपनि सत्तागठबन्धनले सत्ताको दुरुपयोग गरेर प्रमुख पदमा एमालेका उम्मेदवारलदाई पराजित गरेको छ । नेकपा एमाले चितवनले सर्वोच्चमा जानु नै गल्ती भएको ठहर गरेको छ । भरतपुर महानगरपालिकाको निर्वाचनको विषयमा सर्वोच्चमा जाँदा आफू पराजित भएको प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले बताए ।  निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णय नमान्दा पराजित भएको उनले बताए । वडा नम्बर १९ को मतगणना चलिरहँदा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको थियो ।

एमालेले त्यो निर्णयकोविरुद्ध पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चको निर्णयमा ढिलाई हुँदा यो अवधिमा विपक्षीले तयारीको समय पाएकाले हार भएको ज्ञवालीले बताए । ज्ञवालीले भने लम्ब्याउने कुरा उहाँहरुको सेटिङ रहेछ, यो बीचमा उहाँहरुले चलखेल गर्ने मौका पाउनुभयो । उनले आयोगको निर्णय मानेर सोझै चुनावमा गएको भए आफूले चुनाव जित्ने दावी गरे । महानगरपालिकाको प्रमुखमा ज्ञवालीलाई पराजित गर्दै माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी हुन् । 



Published Date : Monday, August 7, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...