एभरेष्ट बैंकले हकभन्दा बढी सेयर आवेदन दिनेको पैसा बुधबारदेखि दिने भयो फिर्ता
Powered by Blogger.
एभरेष्ट बैंकले हकभन्दा बढी सेयर आवेदन दिनेको पैसा बुधबारदेखि दिने भयो फिर्ता

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - एभरेष्ट बैंकले ३३.३३% हकभन्दा बढी सेयर माग गर्नेलाई बुधबार (भदौ १४) देखि पैसा फिर्ता दिने भएको छ । पैसा फिर्ता लिन आवेदन बुझाएकै संकलन केन्द्रमा गएर चेक संकलन गर्नुपर्नेछ । चेक लिन जाँदा दरखास्त फारमको अर्धकट्टी र नागरिकताको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । आवेदक आफैं उपस्थित हुन नसकेमा सेयरधनीको मञ्जुरीनामा लिएर जाने व्यक्तिले दराखस्त फारमको अर्धकट्टी र सेयरधनीको नागरिकताको प्रमाणपत्रका साथै आफ्नो परिचयपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । एभरेष्टले असार १८ गतेदेखि साउन २२ गतेसम्म १ करोड ५० लाख ८८ हजार ८७ कित्ता (३३.३३%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ३२ हजार ७९८ जना सेयरधनीले १ करोड ४८ लाख ३४ हजार २९० कित्ता हकप्रद सेयरमा आवेदन दिएका थिए । 

कुल २ लाख ५३ हजार ७९७ कित्ता सेयर भने बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको सेयर अब बैंकले लिलामीमा ल्याउने छ । यो हकप्रद सेयर गत शुक्रबार बाँडफाँट गरिएको हो । गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा एभरेष्टको चुक्ता पुँजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ पुग्नेछ । चौथो त्रैमासमा बैंकले १ अर्ब ९८ करोड १६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एभरेष्टको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ९९ पैसा छ । 


Published Date : Monday, August 28, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...