×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विप्लवले कारबाही गरेका नेतालाई प्रचण्डले भित्र्याए, यस्ता छन् खड्काका ४ काण्ड

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य गगन खड्का ‘जीवन’ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार कोटेश्‍वरमा अायोजित एक कार्यक्रममा खड्का र हालै नयाँ शक्तिबाट बाहिरिएका देवेन्द्र पौडेल माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नयाँ शक्तिबाट पौडेलको नेतृत्वमा विद्रोह गरेको समूह र जीवनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीले कारवाही गरेका जीवन र नयाँ शक्तिबाट बाहिरिएका पौडेल समूहलाई माओवादी केन्द्रमा समायोजना गर्नेबारे समिति पनि गठन गरिएको छ ।

नेकपाले कारवाही गर्नुका चार कारण

१. पार्टीका गोप्य सूचना लिकः नेकपा स्रोतका अनुसार नेता जीवनले पार्टीको बैठकका निर्णयहरु माओवादी केन्द्रका नेताहरुलाई पुर्याउँदै आएका थिए । नेकपाको केन्द्रीय सदस्य भएपनि माओवादी केन्द्रका नेताहरुसँग बाक्लो उठबस भइरहन्थ्यो । पार्टीका गोप्य सूचना तथा दस्तावेजहरु मिडियाहरुलाई बेच्ने गरेको नेकपाका नेताहरु बताउँछन् ।

२. पार्टीको नाममा चन्दा उठाएर भ्रष्टाचारः खड्काले पार्टीको नाममा चन्दा उठाएर हिनामिना गरेको आरोप उनीमाथि पटक पटक लाग्दै आएको थियो । स्रोतकाअनुसार पश्चिम नेपालमा सल्लाबाट खोटो संकलन गर्ने उद्योग, व्यक्ति, उद्योग र सरकारी तथा गैरसरकारी निकायबाट पार्टीको नाममा चन्दा उठाएर ठमेलमा एक होटल संचालन गरेका छन् ।

त्यस्तै, नेपालगंजमा घरेडी र जिल्ला घर र आईएमईमा लगानी गर्न पार्टी र विप्लवको नामबाटै उठेको पैसाबाट खरिद तथा लगानी गरेका छन् ।

हरेक बैठकहरुमा उनको सम्पतिको स्रोतबारे कुरा उठ्ने गरेको तर उनले कहिलै पनि जवाफ दिन नसकेको एक जिल्ला नेताले बताए । खड्काको घरमा कोही जागिरे नभएकार र व्यापार नभएपनि करोडौं सम्पतिका मालिक बनेका छन् ।

३. पार्टीकै दलित नेताहरुको अपमानः खड्काको कार्यशैली र चन्दा उठाएर हिनामिनाबारे उठाउँदा जनस्वयमसेवकका तत्कालीन उपाध्यक्ष पुनितसहितका दलित नेताहरुमाथि सामाजिक संजालमै तल्लोस्तरको गाली गरे ।

त्यही विषयमा केही समय पहिले महासचिव विप्लवले नै स्पष्टिकरण लिएर आत्मालोचना गर्न लगाएका थिए । त्यसपछि विप्लवसँग खड्काले बोलचाल गर्न छोडेका थिए ।

४.पार्टी बैठकहरुमा अनुपस्थितः नेकपाका एक नेताका अनुसार पार्टीका अधिकांश बैठकमा खड्का अनुपस्थित हुने गरेका थिए । “जबजब बैठक आउँछ जीवनजी बिरामी भइहाल्नु हुन्थ्यो” एक नेताले अनलाइन डबलीसँग भने ।

स्रोतका अनुसार खड्काले वैद्यको नेतृत्वमा भएको पहिलो विभाजन र विप्लवको नेतृत्वमा भएको दोस्रो विभाजनमा अन्तिम चरणमा पछीपछी लाग्दै आएका थिए । अन्तरसंघर्ष र दुई लाइन संघर्षमा सड्काको कुनै भूमिका नरहेको नेकपाका नेताहरुको दाबी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: