जनरल फाइनान्सको हकप्रद सुरक्षित गर्ने बुधबार अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जनरल फाइनान्सको १२५% हकप्रद सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम दिन हो । हकप्रद निष्कासनका लागि फाइनान्सले बिहीबार बुक क्लोज गर्दैछ । बुक क्लोज हुने अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा नयाँ लगानीकर्ताले बुधबार नै फाइनान्सको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वतः हकप्रद भर्न पाउनेछन् । जनरलले १ः१.२५ अनुपातमा १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ ।
प्रकाशित : Wednesday, August 09, 2017

recent

Popular Posts