पाँच सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५४ हजार ९ सयमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर ५५ हजार ४ सय मुल्यमा कारोबार भएको छ ।

यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ ५ पैसा कायम गरेको छ।
प्रकाशित : Friday, August 11, 2017
,

recent

Popular Posts