गुडविल फाइनान्सको खुद नाफा २७.६५% ले घट्यो
Powered by Blogger.
गुडविल फाइनान्सको खुद नाफा २७.६५% ले घट्यो

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गुडविल फाइनान्सको खुद नाफामा २७.६५% गिरावट आएको छ । गुडविलले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ करोड २७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर आर्थिक वर्ष २०७३/७४ मा खुद नाफा ९ करोड ६० लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ । फाइनान्सको खुद ब्याज आम्दानी पनि १३.४१% ले घटेर १५ करोड ४४ लाख ७ हजार रुपैयाँमा आएको छ । फाइनान्सको निक्षेप संकलन र कर्जा प्रवाह भने बढेको छ । गुडविलले ३५.१८% ले निक्षेप संकलन वृद्धि गरी ४ अर्ब ६५ करोड ९ लाख ६४ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी, कर्जा लगानी ३०.५४% वृद्धि गरेर ३ अर्ब ७१ करोड ९४ लाख ५३ हजार रुपैयाँ पुर्याएको छ ।

गुडविलले अघिल्लो वर्ष २.३९% रहेको खराब कर्जालाई घटाएर १.५१% मा ल्याएको छ । फाइनान्सको कस्ट अफ फन्ड भने ६.६५% बाट बढेर ९.१८% पुगेको छ । फाइनान्सको चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको भन्दा ६०.२४% ले वृद्धि भएको छ । चौथो त्रैमासमा चुक्ता पुँजी ५८ करोड १६ लाख ६५ हजार रुपैयाँ पुगेको छ । फाइनान्सको रिजर्भ कोष भने जम्मा १.१८% ले बढेको छ । अहिले यसको रिजर्भ कोषमा १९ करोड २८ लाख ५९ हजार रुपैयाँ जम्मा भएको छ । फाइनान्सले चुक्ता पुँजी अनुसार रिजर्भ कोष पनि बढाउनुपर्ने देखिन्छ । पुँजी वृद्धि गरे अनुसार नाफा कमाउन नसक्दा फाइनान्सको प्रतिसेयर आम्दानी र नेटवर्थमा नकारात्मक असर परेको छ । गुडविलको प्रतिसेयर आम्दानी (वार्षिक) ३६ रुपैयाँ २२ पैसाबाट घटेर यसपालि २१ रुपैयाँ १७ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ पनि १५२ रुपैयाँ १५ पैसाबाट घटेर १४२ रुपैयाँ ५० पैसामा आएको छ ।


Published Date : Wednesday, August 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...