×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डा.केसीको माग सुनुवाइ नगरेको भन्दै देश भरका चिकित्सकहरु आन्दोलनमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  –  चिकित्सा क्षेत्रका विविध विषयको सुधार माग गर्दै डा. गोविन्द केसी  ११ औंपटक अनसन बसेको १७ दिन पुगेको छ  । डा. केसी अनसन बसेको लामो समय बितिसक्दा पनि सरकारले उनको माग सुनुवाइ नगरेको भन्दै देश भरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरु बुधबारदेखि  चिकित्सा क्षेत्रका विविध माग राखेर अनसनरत डा. केसीको माग र उनको जीवनप्रति सरकार गम्भीर नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

बुधबारबाट हातमा कालोपट्टी बाँधेर चिकित्सकहरुले केसीको मागमा दबाब बढाउन विरोधमा उत्रिएर काम सुरु गरेका छन् । केसीको मागबारे सरकार मौनता यथावत बसेमा यो भन्दा कडा संघर्षका कार्यक्रम गर्ने आन्दोलनकर्ताकोअनुरोध छ । मंगलबार संघले माग पूरा नगरेमा आकस्मिकबाहेकका अरु सबै सेवा बन्द गर्ने चेतावनीसमेत आन्दोलनकर्ताले गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: