हाम्रो विकास बैंकको नाफा १४.७७% बढेर ४ करोड ३५ लाख पुग्यो
Powered by Blogger.
हाम्रो विकास बैंकको नाफा १४.७७% बढेर ४ करोड ३५ लाख पुग्यो

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा हाम्रो विकास बैंकले ४ करोड ३५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्ष यही अवधिको तुलनामा १४.७७% ले खुद नाफा वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ करोड ७९ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ४२.०६% वृद्धि भएको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्षको ५ करोड ८१ लाख ७ हजार रुपैयाँबाट बढेर ८ करोड २५ लाख ४७ हजार रुपैयाँ पुगेको छ । हाम्रोले चौथो त्रैमाससम्ममा ३१ लख २४ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने प्रोभिजनमा ५५ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । बैंकको निक्षेप संकलन १ अर्ब २५ करोड ७५ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निक्षेप १ अर्ब ४ करोड २४ लाख २४ हजार रुपैयाँ थियो ।

बैंकले १ अर्ब १२ करोड ३० लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाम्रोको खराब कर्जा अत्यन्तै न्यून छ । बैंकको खराब कर्जा ०.१६% मा सीमित छ । अघिल्लो वर्ष पनि खराब कर्जा ०.८६% मात्र थियो । बैंकको कस्ट अफ फन्ड भने ४.६९% बाट बढेर यसपालि ५.४२% पुगेको छ । हाम्रोले अघिल्लो वर्षको तुलनामा चुक्ता पुँजी २३८.१२% ले वृद्धि गरेर ४१ करोड ३६ लाख ३८ हजार रुपैयाँ पुर्याएको छ । बैंकको रिजर्भ कोषमा भने ६ करोड ९ लाख ६१ हजार रुपैयाँ मात्र जम्मा भएको छ । हाम्रोको प्रतिसेयर आम्दानी (वार्षिक) १० रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ १७ पैसा छ । आघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा छ । चुक्ता पुँजी भारी मात्रामा वृद्धि हुँदा बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ ।


Published Date : Thursday, August 10, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...