×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंकपनि अयोग्यकै अखडा, नक्कली सर्टिफिकेटधारी १५ मध्ये १० जना बैंक छोडेर भागे !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतीय दुतावासको सहयोगमा विभिन्न बैंकहरुमा भारतीय सर्टिफिकेटधारीहरुको सर्टिफिकेट सक्कली हो कि नक्कली हो भन्ने विषयमा छानविन गर्ने भएपछि अहिले विभिन्न बैंकहरुमा कर्मचारीहरुको भागाभाग छ । केहि समय अघिमात्र बैंक अफ काठमाडौँ लिमिटेडमा ३० जना नक्कली सर्टिफिकेटधारीहरुले बैंक छाडेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो । त्यस्तै घटना हिमालयन बैंकमा पनि भेटिएको छ । नक्कली सर्टिफिकेटधारीहरुलाई खोजी खोजी तह लगाउने अडान बैंकले लिएपछि अहिले बैंकमा कार्यरत १० जना नक्कली सर्टिफिकेटधारीले विभिन्न बहानामा बैंक छोडेका छन् । उस्तै परे जेल जानुपर्ने भएपछि नक्कली सर्टिफिकेटधारीहरुको भागाभाग मच्चिएको हो ।
५ जना नक्कली सर्टिफिकेट धारीहरु बैंक व्यवस्थापनकै संरक्षणमा 
यता नक्कली सर्टिफिकेट भएका अन्य ५ जनालाई भने बैंक व्यवस्थापनले नै संरक्षण गरेको पाइएको छ । आफ्ना नातेदार भएकै कारणले बैंकले ५ जनालाई भने संरक्षण गरेको पाइएको हो । यसरी संरक्षणमा परेकाहरुमध्ये केहि सीईओकै समेत आफन्त छन् । अरु नक्कली सर्टिफिकेटधारीहरुलाई तह लगाउने र आफ्नालाई संरक्षण गर्ने बैंक नेतृत्वको रबैयाबारे बैंककै कर्मचारीहरुले गोप्य रुपमा दुतावास र मिडियामा जानकारी दिन थालेका छन् । हिमालयन बैंकका एक कर्मचारीले नक्कली सर्टिफिकेट भएका तर बैंकमै बसेकाहरुको नाम केहि दिनमा उपलब्ध गराउने अर्थ सरोकार डटकमलाई बताएका छन् । 
छोडेका अपराधीहरुलाई कारवाही होला ?
यस्तो त नक्कली सर्टिफिकेटका आधारमा बैंकमा जागिर खानु गम्भीर अपराध हो । तर छानविन हुने डरले बैंक छाडेकै भरमा तीनीहरुलाई छाडिनुहुन्न भन्ने आवाज पनि उठ्न थालेको छ । ‘अहिले आन्तरिक रुपमा त छानविन गर्छु भन्दा त यति धेरै बैंकका यति धेरै कर्मचारीहरुले बैंक छाडेका छन् भने देशभर भएका बैंकका कर्मचारीहरुको सर्टिफिकेट छानविन गर्ने हो भने कति अपराधीहरु भेटिएलान् ? कसैलाई पनि नछोडे यो समस्याको दीर्घकालीन समाधान हुने थियो ।’ हिमालयन बैंककै एक उच्च तहका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।
हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: