×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमालेसँग पार्टी एकता गर्ने तयारीमा नयाँशक्ति, गोप्य छलफलका लागि ओली निवास पुगिन् हिसिला

काठमाडौं – नयाँ शक्ति नेपालले नेकपा एमालेसंग पार्टी एकता गर्ने तयारी थालेको छ । नयाँ शक्ति नेपालका नेता कार्यकर्ताहरु हुल नै बाँधेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरिरहेका बेला संयोजक बाबुराम भट्टराई पत्नी हिसिला यमी भने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी छिन् ।
एमाले अध्यक्ष ओलीसँग यामीले पार्टी एकताको प्रस्ताव गरेकी थिइन । एमालेको राजनीतिक लाइन र बाबुराम भट्टराईको आर्थिक नीतिलाई मुल सिद्धान्त बनाए पार्टी एकता गर्न तयार भएको बताएकी थिइन । 
स्रोतका अनुसार पछिल्लो समय एमालेले लिएको राष्ट्रबादी लाइन ठिक भएको र बाबुरामले उठाएको आर्थिक समृद्धिको सिद्धान्त एकठाउँमा भए देश समृद्ध हुने भन्दै पार्टी एकताको प्रस्ताव गरेकी थिइन ।
हिसिलाले पार्टी एकताको प्रस्ताव गरेपछि ओलीले सकारात्मक प्रतिक्रिया दिएको स्रोतले बतायो। उनले ‘छलफल गरौ कुरा मिल्यो भने भइहाल्छ नी’ भन्ने जवाफ दिएको ओली निकट स्रोतले बताएको छ ।
तर बालकोट जाँदा उनले नयाँ शक्तिका संयोजक तथा पति डा. बाबुराम भट्टराईसँग कुनै सल्लाह नगरेको बाबुराम निकट स्रोतले बताएको छ । बाबुराम एमालेको नीतिप्रति सहमत छैनन् । उनले एमालेलेलाई कम्यूनिष्ट र समाजबादी दुवै पार्टी मान्न सक्दैनन् ।
बाबुराम भट्टराई संघिय समाजबादी फोरमसँग सहकार्य गरेर जाने तयारीमै छन् । देवेन्द्र पौडेल, बामदेव क्षेत्रीले पार्टी छोडेर माओवादी केन्द्रमा पुगेपनि उनी संघिय समाजबादी फोरमसँगै पार्टी एकता गर्ने पक्षमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: