नेपाल हाइड्रो डेभलपरको साउन २७ देखि आइपीओ आउँदै
Powered by Blogger.
नेपाल हाइड्रो डेभलपरको साउन २७ देखि आइपीओ आउँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं -  साउन २७ गतेदेखि नेपाल हाइड्रो डेभलपरले आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले  १०० रुपैयाँ अंकित मूल्य राखेर ३ करोड ९० लाख रुपैयाँको ३ लाख ९० हजार कित्ता आइपीओ बेच्न लागेको हो । यस आइपीओको २ प्रतिशत सेयर कर्मचारीलाई छुट्याइएको छ । यसआधारमा कर्मचारीले ७ हजार ८०० सय कित्ता सेयर पाउनेछन् । त्यस्तै, सामूहिक लगानी कोष कम्पनीहरुले ५ प्रतिशत अर्थात् १९ हजार ५०० कित्ता सेयर पाउनेछन् । यो आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्ता सय आवेदन दिन पाइनेछ । 

यस हाइड्रोपावरमा ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमुद दुगड, देव किसन मुन्दडालगायतका व्यक्तिहरु सञ्चालक रहेका छन् । हाल कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ रहेको छ भने आइपीओ बिक्रीपछि चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, नेपालल हाइड्रो डेभलपरको कार्यालय डिल्लीबजार काठमाडौंमा गएर आवेदन दिन सक्नेछन् । यसबाहेक आस्वा अनुमति लिएका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिनेछ । कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाटको चर्नावती हाइड्रोपावर सञ्चालन गर्दै आएको छ । जलविद्युत क्षेत्रका हस्तीहरुको लगानी रहेकाले कम्पनीले भविष्यमा राम्रो प्रतिफल दिने आशा गर्न सकिन्छ ।


Published Date : Wednesday, August 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...